चीन-युरोप मालवाहक रेल ४० हजार भन्दा बढी पटक सञ्चालित
2021-06-20 19:08:12cri
Share with:

सन् २०१६को जुन २० तारिखमा चीन-युरोप मालवाहक रेल युनिफाइड ब्रान्ड पछि पहिलो पटक युरोपमा पुगेको छ र यसरी द्रूत गतिको विकासको चरणमा प्रवेश गरेको छ। हाल चीन-युरोप एक्सप्रेस रेल सञ्चालन गरिएको कुल संख्या ४० हजार भन्दा बढी पटक भएको छ, कूल सामानहरू २ खर्ब अमेरिकी डलर भन्दा बढीका छन्। जसबाट ठूलो मात्रा, हरित र कम कार्बन भूमि यातायात च्यानल निर्माण गरिएको छ।

पछिल्लो तथ्यांकले देखाउँदछ कि यस वर्षको मेमा, एकै महिनामा चीन-युरोप मालवाहक रेलहरूको सञ्चालन कूल १३७५ पटक पुगेर नयाँ उचाइ कायम गरेको छ।

आज चीन-युरोप मालवाहक रेलहरू अधिक सघन हुँदै गइरहेका छन्, ७३ सञ्चालन मार्गहरू २२ युरोपेली देशहरूमा १६० भन्दा बढी शहरहरूमा पुगेका छन्।