चीनको घरेलु कोरोना भाइरस खोप १ अरब भन्दा बढी #कोभिड१९खोप
2021-06-20 16:31:50cri
Share with:

चीनको राष्ट्रिय स्वास्थ्य आयोगको वेबसाइटका अनुसार सन् २०२१को जून १९ तारिखसम्म ३१ प्रान्त (स्वायत्त क्षेत्र र नगरपालिका) र सिन्च्याङ उत्पादन र निर्माण सैन्य समूहले कोरोना भाइरसको खोप जम्मा १ अर्बभन्दा बढी खोप लगाइएको छ। चीनको नयाँ कोरोना भाइरस खोपले मानव स्वास्थ्यको संरक्षणमा योगदान पुर्‍याइरहेको छ।

वर्तमानमा, चीनको नयाँ कोरोना भाइरस खोपको संख्या र कभर गरिएको व्यक्तिको संख्या विश्वको पहिलो स्थानमा छ र खोपका लागि जनताको उत्साह धेरै नै छ। चीनले न केवल चिनियाँ नागरिकको सुरक्षा र स्वास्थ्यलाई ठूलो महत्त्व दिएको बरू चीनमा रहेका विदेशी नागरिकहरूको सुरक्षा र स्वास्थ्यलाई पनि ठूलो महत्त्व दिएको छ।

चीनको नयाँ कोरोना भाइरस खोपको अनुसन्धान र विकास विश्वको पहिलो स्थानमा छ, र चीन दृढतापूर्वक अन्तर्राष्ट्रिय खोप सहयोगको पहिलो लाइनमा खडा छ। चीनले विश्वव्यापी सार्वजनिक उत्पादनका रूपमा खोपहरू बनाउने प्रतिवद्धता जनाएको छ। विकासोन्मुख देशहरूलाई तुरुन्त आवश्यक खोप सहयोग पुर्‍याउनदेखि लिएर विभिन्न देशका शान्ति सेनालाई खोप दिने, र ओलम्पिकमा भाग लिन तयारी गरिरहेका खेलाडीहरूलाई खोप प्रदान गर्न लगायत चीनले विश्वप्रति आफ्नो प्रतिवद्धता पूरा गर्न निरन्तर व्यावहारिक कदम चालिरहेको छ।

नेपाल स्वास्थ्य सेवा ब्यूरोका निर्देशक डा.दिपेन्द्ररमण सिंहले चीन, चिनियाँ सरकार र चिनियाँ मित्रहरुलाई बारम्बार नेपालमा मद्दत पठाएकोमा हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले महामारीको दोस्रो लहरको चुनौती सामना गर्न चिनियाँ खोपले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।