सी चिन फिङद्वारा इरानका नव निर्वाचित राष्ट्रपति राइसीलाई शुभकामना
2021-06-21 18:17:37cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले जुन २१ तारिख एब्राहिम राइसीलाई सन्देश पठाई उहाँलाई इरानका राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा शुभकामना दिनुभएको छ।  

शुभकामना सन्देशमा सीले चीन र इरान चौतर्फी रणनैतिक साझेदार हुनुका साथै चालू वर्ष दुई मुलुकबीच दौत्य सम्बन्ध स्थापनाको पचासौं वार्षिकोत्सव भएको स्मरण गर्नुभएको छ। इरानी राष्ट्रपति राइसीसँग मिलेर दुई मुलुकको रणनीतिक आदान-प्रदानलाई बढाउने, दुई पक्षको राजनीतिक पारस्परिक विश्वासलाई सुदृढ पार्ने, विभिन्न क्षेत्रमा दुई मुलुकको पारस्परिक हितयुक्त सहयोगलाई विस्तार गर्ने र सबल पार्ने आशा पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभयो।