सन् २०२१ को ५ महिनामा साढे ५६ हजार विदेशी पर्यटक भित्रिए
2021-06-21 16:14:02cri
Share with:

कोरोना महामारीका कारण नेपालमा विदेशी पर्यटकको आगमनमा भारी गिरावट देखिएको छ । सन् २०२१ को पहिलो ५ महिनामा जम्मा ५६ हजार ८९७ जना विदेशी पर्यटक नेपाल आएका छन् ।

जब की यो संख्या सन् २०२० मा २ लाख २० हजार ७३१ थियो । सन् २०२१ को जनवरीमा ८ हजार ८७४ जना, फेब्रुअरीमा ९ हजार १४६ जना, मार्च महिनामा १४ हजार ९७७ जना र अप्रिल महिनामा २२ हजार ४५० जना विदेशी पर्यटक नेपाल आएका थिए । साथै मे महिनामा १ हजार ४५० जना विदेशी पर्यटक नेपाल आएका छन् ।

कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञा तथा हवाई उडानमा प्रतिबन्ध लगाएपछि विदेशी पर्यटक आमगमनमा पनि कमी आएको क्लिकमाण्डु अनलाइनमा समाचार छ।