हाइनान स्वतन्त्र व्यापारिक बन्दरगाह ऐनको ब्याख्या
2021-06-21 20:09:08cri
Share with:

हाइनान स्वतन्त्र व्यापारिक बन्दरगाह ऐनको ब्याख्या_fororder_2

जुन २१ तारिख पैचिङमा आयोजित एउटा पत्रकार सम्मेलनमा केही चिनियाँ अधिकारीले हाल सार्वजनिक गरिएको हाइनान स्वतन्त्र व्यापारिक बन्दरगाह ऐनको विस्तृत रूपमा ब्याख्या गरेका छन्। त्यसबाट के प्रतिबिम्बित गरिएको छ भने चीनले दृढताका साथ खुलापनको विस्तार गर्नुका साथै आर्थिक विश्वव्यापीकरणलाई अघि बढाउँदै जानेछ।

चीनको हाइनामा स्वतन्त्र व्यापारिक बन्दरगाहको स्थापना गर्नु नै चीनका सर्वोच्च नेता स्वयम् आफैंले डिजाइन, निर्णय र बन्दोबस्त मिलाउनुभएको सुधार र खुलापन सम्बन्धी महत्वपूर्ण कदम हो। नयाँ कोरोना महामारीको असर परेको र विश्वव्यापीकरण विपरीत प्रवृत्ति उठ्दै आए तापनि चीनले निर्धारित योजना अनुसार सम्बद्ध निर्माण कार्यलाई अघि बढाउँदै आएको देखिन्छ।

कानुनी सञ्चालन वाणिज्यका लागि सबैभन्दा राम्रो कारोबारको वातावरण रहेको छ। के स्पष्टसँग देखिएको छ भने हाइनान स्वतन्त्र व्यापारिक बन्दरगाह ऐन लागू गरिएपछि चीनले अझ आकर्षक कारोबारको वातावरण सिर्जना गर्दै जानेछ। साथै चीनले लामो समयसम्म हाइनानमै बसेर कारोबार गर्ने व्यवसाय विशेषगरी विदेशी पूँजीद्वारा सञ्चालित व्यवसायहरूको अठोट र विश्वासलाई बढाउँदै जानेछ। त्यसबाट ती व्यवसायहरूले अधिकांश लगानी अवसर र खुशीयालीयुक्त लाभ पाउनसक्ने छन्।