खोपको नाउँमा चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चीनद्वारा अमेरिकालाई ताकिता
2021-06-21 18:39:10cri
Share with:

हाल अमेरिकाले चन्दास्वरूप थाइवानलाई २५ लाख डोज खोप प्रदान गरेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली चेनले २१ तारिख त्यस विषयबारे चर्चा गर्दै चीनले सधैं नै महामारी प्रतिरोधात्मक सहकार्यलाई समर्थन गर्नुका साथै त्यसका लागि सकारात्मक प्रयास गर्दै आएको कुरामा जोड दिनुभएको छ। खोप सहायताको नाउँमा राजनीतिक कारवाई चलाएर चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चीनले अमेरिकालाई ताकिता गरेको कुरा पनि उहाँले बताउनुभएको छ।

प्रवक्ता चाउका अनुसार, मुख्य भूमि र थाइवान रगत जोडिएका नातेदार हुन्। थाइवानका देशबन्धुहरू सामु देखापरेको गम्भीर महामारीको अवस्थाप्रति समान अनुभव गरिरहेको बताउँदै उहाँले भन्नुभयो, ‘सधैं नै के स्पष्ट देखाएका छौं भने सक्दो ठूलो प्रयासमार्फत छिटोभन्दा छिटो गरी कठिन अवस्थाबाट पास गर्न थाइवानका देशबन्धुहरूलाई सहायता दिँदै जानेछौं।’