जुलाई ५ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फ्रान्सका राष्ट्रपति ईम्मानूएल म्याक्रन र जर्मनीका चान्सलर एन्गेला मर्केलसँग भिडियो शिखर सम्मेलनको आयोजना गर्नुभएको छ।
सो अवसरमा, राष्ट्राध्यक्ष सीले विश्व महामारी परिस्थिति अझै गम्भीर रहिरहेको तथा आर्थिक पुनरुत्थानको भविष्य राम्रो नभएको भन्दै विश्वले पारस्परिक रुपमा सम्मान र सहकार्य गर्नुपर्ने कुरामा जोड दिनुभएको छ। उहाँले चीनले आफ्नो राम्रो तवरमा विकास गर्ने आशा लिएको तर अरुलाई प्रतिस्थापन गर्न होइन भन्ने कुरा व्यक्त गर्नुका साथै चीनले “बेल्ट एण्ड रोड” प्रस्ताव प्रस्तुत गर्नुको उद्देश्य साझा विकासको मौकाको सिर्जना गर्नु भएको बताउनुभयो। साथै सीले यूरोपले अन्तर्राष्ट्रिय मामिलामा सकारात्मक भूमिका निर्वाह गर्ने, विश्व शान्ति, विकास र समृद्धिको संयुक्त रुपमा संरक्षण गर्ने आशा पनि गर्नुभयो।
म्याक्रनले फ्रान्सले चीनसँग विश्व व्यापार संगठनको सुधार, जलवायु परिवर्तनको सामना, जैविक विविधताको संरक्षणआदि क्षेत्रहरूमा घनिष्ट सम्पर्क गर्ने आशा लिएको बताउनुभयो।
यसै गरी, मर्केलले जर्मनीले चीनसँग खोपको निष्पक्ष उत्पादन र वितरण, मानिसको पुनःआवत-जावत तथा व्यापार आदानप्रदानका लागि सहकार्य गर्ने आशा लिएको बताउनुभयो।