एपेकका नेतागणबीच अनौपचारिक सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सीको सम्बोधन
2021-07-16 21:02:50CRI
Share with:

एपेकका नेतागणबीच अनौपचारिक सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सीको सम्बोधन_fororder_0717VIP

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई १६ तारिख पैचिङमा भिडियोमार्फत एशिया प्रशान्त आर्थिक सहयोग संगठन एपेकका नेताहरूको सम्मेलनमा भाग लिनुका साथै सम्बोधन गर्नुभएको छ।

पहिलो महामारीको विरूद्धमा अन्तर्राष्ट्रिय सहयोगलाई सबल पार्नुपर्ने कुरा राष्ट्राध्यक्ष सीले प्रकट गर्नुभयो। चीनले विकासोन्मुख देशलाई करिब ५० करोड डोजको खोप दिइसकेको र आगामी ३ वर्षमा चीनले विकासोन्मुख देशलाई अरू ३ अर्ब डलरको अन्तर्राष्ट्रिय सहायता दिने घोषणा पनि उहाँले गर्नुभयो। चीनले एपेकलाई रकमको प्रदान गरी “महामारीको सामना र आर्थिक पुनरुत्थान”को उप कोष स्थापना गर्ने, यो एशिया प्रशान्तका आर्थिक समूहहरूले छिटो रुपमा महामारीलाई पराजित गर्न र आर्थिक पुनरुत्थान साकार तुल्याउनका लागि हितकर हुने कुरा राष्ट्राध्यक्ष सीले बताउनुभयो।

क्षेत्रीय अर्थतन्त्रको एकीकरणलाई गहन पार्नुपर्ने धारणा पनि उहाँले राख्नुभयो। व्यापार तथा लगानीको स्वतन्त्रता तथा सुविधालाई घच्घच्याउनुका साथै डब्लुटीओलाई केन्द्रीय बहुपक्षीय व्यापार प्रणालीको सुरक्षा गर्नुपर्छ भन्दै चीनले क्षेत्रीय चौतर्फी आर्थिक साझेदारी सम्बन्धी सन्धिको स्वीकृत कार्य पूरा गरेर यसै वर्षमा सन्धिको कार्यान्वयन गर्ने प्रतीक्षा गरिरहेको उहाँले स्पष्ट पार्नुभयो।

समावेशी र दिगो विकासमा अडिग रहनु पर्ने राष्ट्राध्यक्ष सीले जोड दिनु भएको अर्को बुँदा हो। चीनले जलवायु परिवर्तनमा उच्च महत्व दिन्छ भन्दै एपेकको दिगो विकास र आर्थिक प्राविधिक सहयोगमा चीनले सहयोग गर्ने कुरामा राष्ट्राध्यक्ष सीले व्याख्या गर्नुभयो।

स्रोत साधनलाई प्रभावकारी, स्वच्छ र बहुपक्षीय रुपमा विकास गर्दै अगाडि  बढाउने  र समावेशी  व्यापार  र लगानी  बढाउनुपर्ने कुरामा उहाँले जोड दिनुभयो। चीनले सधैँ मझौला तथा  साना उद्योग-व्यवसायको विकासमा समर्थन दिने उहाँले बताउनुभयो।

वैज्ञानिक सिर्जनशीलताको अवसर छोप्ने उल्लेख गर्दै चीनले डिजिटल क्षमताको गोष्ठीको आयोजना गर्ने र   डिजिटल  प्रविधिले  पर्यटनको  पुनरुत्थानलाई  बढाउन सहयोगात्मक प्रस्ताव बढाउने उहाँको कथन रहेको छ।

न्युजिल्याण्डको माओरी भाषाको उखान " सूर्यतिर फर्किएमा अन्ततः छाया हराउनेछ" उल्लेख गर्दै राष्ट्राध्यक्ष सीले  मानवजातिमा सहयोग गरेर महामारीलाई जित्न, विश्वव्यापी  अर्थतन्त्रको पुनर्त्थान र मानवको साझा सुन्तर भविष्यमा विश्वस्त रहेको बताउनुभयो।