उच्चस्तरीय एशिया तथा प्रशान्त स्वतन्त्र व्यापार क्षेत्रको निर्माणलाई चाँडै पूरा गरिने सीको आशा
2021-07-17 18:52:42CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई १६ तारिख राति पैचिङमा भिडियोमार्फत एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा व्यापारिक संगठन एफेकको नेतागणबीचको अनौपचारिक सम्मेलनमा उपस्थित भएर सम्बोधन गर्नुभएको छ।

उहाँले भन्नुभयो कि क्षेत्रीय आर्थिक एकीकरणलाई गहन पार्न व्यापार र लगानीको स्वतन्त्रता र सुविधालाई बढाउनुपर्छ साथै आपसबीचको बाधालाई हटाउने र खुला गर्नुपर्छ अनि पारस्परिक रूपमा मिलेर विकास गर्नुपर्छ। एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा व्यापारिक संगठनको अन्तरसञ्जाल प्रारूपलाई पूरा गरी क्षेत्रीय आर्थिक एकीकरणलाई बढाएर उच्चस्तरीय एशिया तथा प्रशान्त क्षेत्रीय स्वतन्त्र व्यापार क्षेत्रको छिटो निर्माण गर्नुपर्ने पनि उहाँले दोहोर्‍याउनुभयो।