फुटिसकेको ऐना फेरि जोडिसकेको छ भन्ने कथा-2
2021-07-21 09:12:23cri
Share with:

फुटिसकेको ऐना फेरि जोडिसकेको छ भन्ने कथा-2_fororder_01

धेरै समय नबिती उत्तर चीनको एकीकरण गरिरहेका स्वी राज्य वंशका राजा याङ्ग च्यानले सैनिकहरुलाई पठाएर छन राज्यलाई प्रहार गरे। अन्तमा ससाना छन राज्य खत्तम भयो र राजालाई मारिए। उता उक्त उच्च कर्मचारी अधिकार स्यू यान द बाध्य भएर अरु ठाउँ भागेर गए। यता यसै लडाइंमा उत्पन्न भएका बहादुरीहरुलाई प्रशंसा गरे र पुरस्कार दिए। पक्राउ गरिएकी ल छाङ्ग राजकुमारीलाई याङ्ग सु नामक एक जना मन्त्रीको पत्नी बनाइयो।

यता उता भौंतारिएका स्यू द यानले आफ्नी पत्नी स्वी राज्य वंशको राजधानी ता सिङ्ग नगर(अहिले चीनको वल्लो शान सि प्रान्तको सदरमुकाम शहर सि आन)पनि गइसकेको कुरा थाहा पाएपछि उन बैदलबाट लामो लामो बाटोमा लागी बल्ल बल्ल भई त्यहाँ गए। यता निकै आधा रातमा उनले चोरेर उक्त आधा ऐनालाई बाहिर निकालेर आफ्नी पत्नीसंगका आनन्दीय र राम्रा राम्रा कुराहरु सम्झन्थे। उता उनकी पत्नी ल छाङ्ग राजकुमारीले याङ्ग सुको घरमा एकदमै भोग विलासको जीवन बिताएपनि आफ्नो मनमा चिताउँदै आएका मान्छे सधैं नै आफ्नो पहिलेको पति हुन्थे। अब के गर्ने त ? केही उपाय नलागी सधैं नै चोरेर उक्त आधा ऐनालाई छुएर गइसकेका राम्रा राम्रा कुराहरुको सम्झना गर्थिन्।

पूर्व निर्धारित दिन अर्थात् चिनियाँ पात्रो अनुसार जनवरीको पन्ध्र तारिखको दिन आयो। स्यू द यान स्वयं आफै रमाइलो बजार पुगे। यसैबेला एक जना बूढाले बढी मुल्यमा आधा ऐना बेच्न ठूलो स्वरमा कराएको देखे। यति बढी मुल्यमा आधा ऐना मात्र बेच्ने अवस्था थाहा पाएर को कसले किनेर लिने? स्यू द यानले बुझेर अघि सरी उक्त बूढासंग आधा ऐना लिन छलफल गर्न थाले। ओहो, आफ्नी पत्नीकहाँको आधा ऐना पो रहेछ!उक्त बूढा चाहिं मन्त्री याङ्ग सु घरका एक जना नोकर रहेछ। उ राजकुमारी ल याङ्गको आदेशानुसार उनको पहिलो पतिलाई खोज्न आएछ। यसैबेला स्यू द यानले पहिले तयार गरिएको कविता बूढालाई दिए र राजकुमारीलाई देओ भनेर अनुरोध गरे। उक्त कविताको बोलको अर्थ यस प्रकार छः पहिले आधा ऐना र मानिस सबै नै गए। अहिले उक्त आधा ऐना फर्किसक्यो तर मानिस आएन। चन्द्रमामा रहेकी देवीको छायाँ नदेखी चन्द्रमाको प्रकाश मात्र रहन्छ।

राजकुमारी ल छाङ्गले आफ्ना पतिबाट सुरक्षित राखिएको अर्को आधा काँस्य ऐना र कविता देखेर उनी दिन रातभरि रोईन् र पानी समेत पनि खाने रुची थिइन। वास्तविक तथ्य कुरा थाहा भएपछि याङ्ग सु निकै प्रभावित भए र स्यू द यानलाई बोलाएर राजकुमारी ल छाङ्गलाई आफ्नो जन्मथलोमा फर्काइदिन आदेश दिए। त्यति मात्र नभई याङ्ग सुले स्यू द यानलाई धेरै चीजबीज दिए र अन्तमा ती दम्पति खुशीसाथ फेरि भेला भए।

त्यसबेलादेखि पछिल्लो साहित्यमा “फुटिसकेको ऐना फेरि जोडिएको छ ”भन्ने कुराबाट अलगिएको दम्पति फेरी भेला भइसकेको उपमा गरिन्छ भने “फुटिसकेको ऐनालाई फेरि जोड्न गाह्रो छ”भन्ने कुराबाट बस्तुगत कारणले दम्पत्ति बाध्य भएर अलगिएर बसिरहेको उपमा गरिन्छ।