राष्ट्राध्यक्ष सीद्वारा चीनको पहिलो पठार विद्युतीय रेलमार्गको निरीक्षण #चिनियाँराष्ट्राध्यक्ष
2021-07-23 11:08:45CRI
Share with:

राष्ट्राध्यक्ष सीद्वारा चीनको पहिलो पठार विद्युतीय रेलमार्गको निरीक्षण #चिनियाँराष्ट्राध्यक्ष_fororder_01

जुलाई २२ तारिख तिब्बतको लिन्चीको निरीक्षण भ्रमण गर्नुभएको चीनका राष्ट्राध्यक्ष सी चिनफिङ रेलमार्फत् लिन्चीदेखि ल्हासा जानुभएको छ। साथै राष्ट्राध्यक्ष सीले चीनको पहिलो पठार विद्युतीय रेलमार्ग अर्थात् ल्हासा—लिन्ची रेलमार्ग वरिपरिको निर्माण अवस्थाबारे निरीक्षण गर्नुभएको छ।

ल्हासा-लिन्ची रेलमार्ग छिङहाइ-तिब्बत पठारको गाङदिस पर्व र सगरमाथाबीचको उपत्यकामा पर्छ जसको ९० प्रतिशतभन्दा बढी रेलमार्ग समुद्र सतहदेखि ३००० मिटरभन्दा अग्लो ठाउँमा पर्छ साथै १६ पटक ब्रह्मपुत्र नदीलाई पार गर्दछ। निर्माणका लागि अत्यन्तै कठिन मानिएको यो रेलमार्ग सम्पन्न हुन ६ वर्षभन्दा लामो समय लागेको थियो। गत जुन २५ तारिख संचालनमा आएको उक्त रेलमार्गको कूल लम्बाइ ४३५.४८ किलोमिटर छ भने रेलको गति १६० किलोमिटर प्रति घण्टा छ। सबैभन्दा छिटोमा ३ घण्टा २९ मिनेटमा ल्हासादेखि लिन्चीसम्म पुग्नसकिन्छ।

ल्हासा-लिन्ची रेलमार्गले वर्तमान ल्हासा-सिगाचे रेलमार्ग र छिङहाइ-तिब्बत रेलमार्गलाई जोडेको छ भने दक्षिण-पूर्वी तिब्बतमा रेलमार्ग नभएको इतिहासको अन्त्य गरेको छ।