भाइरस स्रोतको खोजी राजनीतिक हस्तक्षेपले प्रभावित हुन नहुने
2021-07-23 16:39:30cri
Share with:

भाइरस स्रोतको खोजी राजनीतिक हस्तक्षेपले प्रभावित हुन नहुने_fororder_rp2

विश्व स्वास्थ्य संगठनले हाल कोभिड-१९ भाइरसको स्रोत खोज्ने योजना सार्वजनिक गरेको छ जुन योजनाले “चीनको वुहान प्रयोगशालाको नियम उल्लंघनका कारण भाइरस चुहिएको”शीर्षकको अनुमानमा ध्यान दिएको देखिन्छ। तर सो परियोजना र यस मार्चमा विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको रिपोर्ट धेरै फरक छ। किनभने मार्चको रिपोर्टमा कोभिड-१९ भाइरस चीनको प्रयोगशालाबाट निस्किएको होइन भन्ने विषय उल्लेख छ।

कोभिड-१९ भाइरसको स्रोत खोजी सम्बन्धी अध्ययनमा रहेको चीनको वास्तविक परिस्थिति अन्तर्राष्ट्रिय समाजलाई जानकारी गराउनका लागि चीनले जुलाई २२ तारिख विदेशी तथा स्वदेशी पत्रकार सम्मेलनको आयोजना गरेको छ। सो सम्मेलनमा चीनका वैज्ञानिकले वास्तविक तथ्याङ्क तथा ठोस विषय देखाएर केही पश्चिमा मुलुकद्वारा सिर्जना गरिएको झुटको खण्डन गरिएको छ। साथै चीनले सामान्य ज्ञान तथा वैज्ञानिक नियम विपरीत हुने स्रोत खोज्ने योजनालाई अनुमोदन नगर्ने कुरा पनि व्यक्त गरेको छ।