《अन्तर्राष्ट्रिय नयाँ कोरोना भाइरस महामारीको विकास अवस्था सम्बन्धमा प्रतिवेदन》सार्वजनिक
2021-07-23 10:51:14cri
Share with:

सिजिटिएन थिङ्कट्याङ्कले जुलाई २३ तारिख विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय नयाँ कोरोना भाइरस महामारीको विकास अवस्था सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ। यस प्रतिवेदन अनुसार, विश्वका विभिन्न मुलुक तथा क्षेत्रमा संक्रमित केस,मृतकको संख्या,खोप लगाइने संख्या आदि केन्द्रीय महामारी मापदण्डमा ध्रुवीकरण प्रवृत्ति देखिएको छ। विभिन्न मुलुकका सरकारले महामारीको रोकथाम तथा नियन्त्रणमा निर्णायक भूमिका खेलेको छ।

“निश्चित संक्रमित संख्या”,“नयाँ थपिने संक्रमित संख्या”,“मृतकको संख्या”,“खोप लगाइने संख्या”,“महामारीको समष्टिगत नियन्त्रण चक्र” गरी पाँच क्षेत्रमा अमेरिका यसमध्येका तीन क्षेत्रमा सबैभन्दा खतराजनक अवस्थामा देखिएको छ।

अमेरिकामा ३ करोड ४० लाख निश्चित संक्रमित संख्या र ६० लाख मृतक संख्याले विश्वको पहिलो स्थान लिएको छ। प्रतिदिन नयाँ थपिने संक्रमित संख्यामा ५ हजारभन्दा कम भएको दिन केवल ६२ दिन भएकाले अमेरिकाको यस गम्भीरताले विश्वमा पहिलो स्थान ओगटेको छ।

विकासोन्मुख मुलुकमध्ये ब्राजिल र भारतका सामु गम्भीर अवस्था देखापरेको छ। युरोपका मुख्य मुलुकको महामारी अवस्था पनि आशालाग्दो छैन।

वैश्विक दृष्टिकोणबाट हेर्दा खोपको वितरण गम्भीर रुपमा असन्तुलित देखिन्छ। विकासोन्मुख मुलुकको खोप लगाइने अवस्था विकसित मुलुकभन्दा स्पष्ट रुपमा कमजोर छ। विश्वमा खोपको आपूर्ति अपर्याप्त भएको पृष्ठभूमिमा सरकारले बलियो रोकथाम तथा नियन्त्रण माध्यमबाट प्रभावकारी रूपमा भाइरस नियन्त्रण गर्नसक्छ। उदाहरणका लागि भियतनाममा खोप लगाउने जनसंख्या कम भए तापनि प्रभावकारी सीमा नियन्त्रण तथा सुरक्षा कदमले नयाँ संक्रमित संख्या कम देखिन्छ।