#समाचार सन्दर्भ# अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई अपहरण गर्नसक्छ तर विज्ञानलाई सक्दैन
2021-07-23 15:00:41CRI
Share with:

#समाचार सन्दर्भ# अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई अपहरण गर्नसक्छ तर विज्ञानलाई सक्दैन_fororder_01

गत जनवरी विश्व स्वास्थ्य संगठनका अन्तर्राष्ट्रिय विज्ञ र चिनियाँ विज्ञबाट गठित संयुक्त विज्ञ दलले चीनमा २८ दिने कोभिड-१९ भाइरस स्रोतको खोजी अनुसन्धान गरेका थिए। गत मार्च ३० तारिख विश्व स्वास्थ्य संगठनले औपचारिक रूपमा संयुक्त अनुसन्धान प्रतिवेदन सार्वजनिक गरी स्पष्ट निश्कर्षसँगै अर्को चरणको कार्य प्रस्ताव प्रस्तुत गरेको थियो। प्रतिवेदनमा प्रयोगशालाबाट भाइरस लिक अत्यन्तै असम्भव भएको उल्लेख गर्दै विश्वको अझै फराकिलो दायरामा संभावित प्रारम्भिक संक्रमित भेटाउने तथा भाइरस प्रसार क्रममा कोल्ड चेन तथा त्यसका खानाको भूमिकाबारे अरू खोज आवश्यक भएको लगायतका विषय प्रस्तुत गरिएको थियो।

उक्त निश्कर्षपछि विश्वको सहयोगमा वैज्ञानिक रूपमा प्रारम्भिक संक्रमणको आधारमा भाइरस स्रोत खोजी एउटा सामान्य कार्यक्रम हो। तर अमेरिका विश्व स्वास्थ्य संगठनमा फर्केपछि सबै कुरा परिवर्तन भएको छ। महामारी विरूद्ध राजनीतिकरण अवस्थालाई पूर्ण रूपमा विश्व स्वास्थ्य संगठनमा हस्तान्तरण गरिएको छ। त्यसपछि विश्व स्वास्थ्य संगठनले अघिको वैज्ञानिक निश्कर्षलाई अस्वीकार गरी चीनको वुहानका सबै प्रयोगशाला र बजारलगायत क्षेत्रमा दोस्रो चरणको अनुसन्धान गर्न उल्लेख गरेको छ। संगठनका महानिर्देशक टेड्रोसले पनि भन्नुभयो कि प्रयोगशालाबाट भाइरस लिकको अत्यन्तै असम्भव भन्ने मूल्याङ्कन अपर्याप्त छ र थप अनुसन्धान गर्नुपर्छ। व्यावहारिक ज्ञानलाई सम्मान नगर्ने र विज्ञान विपरितको धारणाप्रति चीनको राष्ट्रिय स्वास्थ्य समितिका उप-प्रमुख चङ यीसिनले प्रष्ट गर्नुभयो कि चीनले स्वीकार गर्ने संभावना छैन।

#समाचार सन्दर्भ# अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई अपहरण गर्नसक्छ तर विज्ञानलाई सक्दैन_fororder_02

अमेरिकाबाहेक महामारी चीनबाट फैलिन थालेकोले कोभिड-१९ भाइरसको उद्गमस्थल चीनमा रहेको विश्वका अधिकाँश मुलुकको गलत बुझाइ थियो। तर अनुसन्धान गरेपछि प्रारम्भिक संक्रमितको ट्रेस पनि परिवर्तन भएको छ र मानिसको गलत बुझाइ हटेको छ। अमेरिका, स्पेन, फ्रान्स, इटाली, ब्राजिललगायत विभिन्न मुलुकमा अघिपछि गरी चीन अगावै भाइरस देखिएको प्रमाण फेला परेको छ। एक अनुसन्धानका अनुसार, सन् २०१९ को मार्च १२ तारिख स्पेनको फोहोर पानी नमूनामा नयाँ कोरोनाभाइरस न्यूक्लिक एसिड परीक्षण सकारात्मक भेटिएको थियो। तर त्यसबाट भाइरस स्रोत स्पेन वा अरू कुनै मुलुकमा रहेको अर्थ होइन साथै हामीले अरू सहयोग गरी वैज्ञानिक रूपमा भाइरस स्रोतको खोजी गर्नुपर्छ।

यस भावनाको आधारमा चीन विश्व स्वास्थ्य संगठनलाई स्रोत खोजी कार्यमा समर्थन गर्ने पहिलो मुलुक भएको थियो। राष्ट्रिय स्वास्थ्य संगठनका उप-प्रमुख चङ यीसिनका अनुसार, चीनले विश्व स्वास्थ्य संगठनको विज्ञ दलको कार्यलाई पूर्ण रूपमा समर्थन गरेको थियो साथै विज्ञहरूको भ्रमण चाहनालाई पूरा गरेको थियो। भ्रमण गर्न चाहेको एकाइ र ठाउँबारे पनि व्यवस्थापन गरेको थियो।

अनुसन्धान खुला तथा पारदर्शी रहेको निश्कर्ष वैज्ञानिक हो। तर त्यस्तो निश्कर्ष अमेरिकालाई मनपर्ने होइन। त्यसैले अमेरिकाले तथाकथित चीन भाइरस उद्गमस्थल धारणा लिएर विश्व स्वास्थय संगठन फर्केको छ र संगठनलाई अपहरण गरी चीनलाई अरू बदनाम र दबाव दिन खोजेको छ। यस कारणले विश्व स्वास्थ्य संगठनले माथि उल्लेखित विज्ञान विपरित गतिविधि गरेको छ।

#समाचार सन्दर्भ# अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई अपहरण गर्नसक्छ तर विज्ञानलाई सक्दैन_fororder_03

विज्ञान तथा प्रविधिको ठूलो मुलुकको रूपमा रहेको अमेरिकाले विज्ञानविपरित राजनीतिकरण गरेर महामारीको हल गर्ने प्रयास गरेको छ। यस क्रममा अमेरिकाले ३.४ करोडभन्दा बढी संक्रमण र ६ लाखभन्दा बढी मृत्यु भएको विश्वकै सबैभन्दा पीडादायी मूल्य तिरेको छ। एकातिर आन्तरिक महामारी नियन्त्रण विफल भएको छ अर्कोतिर चीन सफल भएको छ साथै अर्थव्यवस्था पनि छिटै पुनरूत्थान भएको छ। त्यसैले अमेरिकालाई डर लागेको छ र निश्चित उद्देश्य लिएर विश्व स्वास्थ्य संगठन फर्केको छ। अमेरिकाले आन्तरिक महामारी नियन्त्रण विफल भएको अवस्थामा भाइरस उद्गमस्थल धारणबारे अरू ध्यानलाई तान्न खोजेको छ र विश्व स्वास्थ्य संगठनमार्फत चीनको बदनाम गर्न र दबाव दिन लगाएको छ। विश्व स्वास्थ्य संगठनलाई अपहरण गर्नसकिन्छ तर विज्ञानलाई सक्दैन साथै विज्ञानमा विश्वास गर्ने मानिसलाई पनि सकिँदैन। विश्व स्वास्थ्य संगठनले पुनःअनुसन्धान गर्ने निर्णय गरेपछि ५५ वटा मुलुकले भाइरस स्रोत खोजीलाई राजनीतिकरण नगर्न विरोध सन्देश पठाएको छ। साथै ५०० जना इन्टर्नेट प्रयोगकर्ताले मिलेर अमेरिकी चर्चित फोर्ट डेट्रिक प्रयोगशालाको जाँच गर्न आग्रह गरेको गतिविधि नै सबैभन्दा राम्रो प्रमाण हो।