चिनियाँ युवती याङ छ्येनद्वारा टोकियो ओलम्पिक खेलकुदको पहिलो स्वर्ण पदक प्राप्त #टोकियो ओलम्पिक #सुन्दर क्षण
2021-07-24 17:09:15cri
Share with:

चिनियाँ युवती याङ छ्येनद्वारा टोकियो ओलम्पिक खेलकुदको पहिलो स्वर्ण पदक प्राप्त #टोकियो ओलम्पिक #सुन्दर क्षण_fororder_2

चिनियाँ शुटिङ खेलाडी युवती याङ छ्येनले २४ तारिख टोकियो ओलम्पिक खेलकुद सन् २०२० को महिला १० मिटर एयर राइफलको प्रतियोगितामा यसै ओलम्पिकको पहिलो स्वर्ण पदक जितेकी छिन्।

धेरै वर्षयता शुटिङ खेल सधैँ नै ओलम्पिक खेलकुदको पहिलो स्वर्ण पदकको विषय बन्दै आएको हो। चिनियाँ महिला खेलाडी तु ली र यी स लिङले बेग्ला बेग्लै गरी सन् २००४ र २०१२ को ओलम्पिक खेलकुदमा त्यस खेलमा स्वर्ण पदक जितेका थिए।

चिनियाँ युवती याङ छ्येनद्वारा टोकियो ओलम्पिक खेलकुदको पहिलो स्वर्ण पदक प्राप्त #टोकियो ओलम्पिक #सुन्दर क्षण_fororder_1

आजै पहिलो स्वर्ण पदक जितेकी खेलाडी याङ छ्येन सन् २००० मा जन्मिएकी हुन्। उनी छिङहवा विश्वविद्यालयबाट स्नातक भएपछि राष्ट्रिय शुटिङ टोलीमा भर्ना भएकी थिइन्। सन् २००० पछि जन्मिएकी एकजना जवान खेलाडीको हैसियतले ओलम्पिक खेलकुदमा सहभागी भएको यो पहिलो पटक हो।