चीन र विभिन्न देशबीचको सहकार्यमा सांस्कृतिक सम्पदाको सुरक्षा
2021-07-30 10:01:19cri
Share with:

चीन र विभिन्न देशबीचको सहकार्यमा सांस्कृतिक सम्पदाको सुरक्षा_fororder_2

केही वर्षयता चीनले विश्व सम्पदाको संरक्षणमा सक्रिय अन्तर्राष्ट्रिय सहकार्य गर्दै आएको छ। चीन चारपटक विश्व सम्पदा समितिको सदस्य भएको छ। युनिस्कोको अफ्रिका पहिलो रणनीतिको कार्यान्वयनलाई समर्थन गर्दै सम्पदाको सुरक्षा कार्यमा अफ्रिकालाई सहयोग गरेको छ। साथै कम्बोडिया, केन्या, नेपाललगायत देशको सम्पदा संरक्षण तथा मर्मतमा पनि सक्दो प्रयास गरेको छ। 

नेपालको भयंकर भूकम्पबाट दरबार स्क्वायरस्थित करिब चार सय वर्षको इतिहास भएको नौ तल्ले भवन ध्वस्त भयो। सन् २०१७ मा चीन सरकारले त्यसको मर्मत गर्न निशुल्क सहयोग सुरू गरेको छ। सहयोग परियोजना कार्यान्वयन गर्ने चिनियाँ सांस्कृतिक सम्पदा अनुसन्धान विद्यालयका उपनिर्देशक स्यु यानका अनुसार, निर्धारित योजनामा सन् २०२२ नोभेम्बरमा यो परियोजना पूरा हुनेछ। हाल भवनको आधारभूत मर्मत विभाग पूरा यो। तर महामारीको प्रभावमा केही कार्य बाँकी छ। महामारी समाप्त भएपछि परियोजनाले निरन्तरता पाउनेछ।

उहाँले चीन र नेपालकको सांस्कृतिक विकासमा आदानप्रदानको अर्थमाथि उच्च मूल्याङ्कन गर्नुभएको छ। उहाँको विचारमा युआन वंशमा नेपाली कलाकार अरनिकोले केही प्रसिद्ध मन्दिरको निर्माणमा भाग लिएका थिए। चिनियाँ सांस्कृतिक सम्पदासम्बन्धी कर्मचारीहरूले सयौँ वर्षको व्यवहारमा प्रशस्त अनुभव  संकलन गरेका छन्। उनीहरूले यी अनुभवको प्रयोग गरी नेपाललाई सांस्कृतिक सम्पदाको मर्मतमा सहयोग गरेका छन्। 

केन्याको नैरोबी राष्ट्रिय संग्रहालयका निर्देशक मजालेन्डो किबुन्जाले संग्रहालयका दक्ष व्यक्तिको तालिम क्षेत्रमा चीनको प्रशस्त अनुभव रहेको र चीनले केन्यालाई धेरै मद्दत दिएको बताउँदै नैरोबी राष्ट्रिय संग्रहालयका केही कर्मचारीले तालिम लिन चीन गएको उल्लेख गर्नुभयो। उहाँले केन्याका लागि चीनले धेरै अत्याधुनिक उपकरण उपलब्ध गराएको कुरा पनि बताउनुभयो।