तिब्बती पोशाकमा हाम्रा सहकर्मी
2021-08-20 10:23:43CRI
Share with:

यस वर्ष चीनको तिब्बत शान्तिपूर्ण रूपमा मुक्त भएको सत्तरीऔँ वार्षिकोत्सव हो। यो सात दशकमा विश्वको छानो मानिने तिब्बतले सामाजिक, आर्थिक विकाससँगै साधारण नागरिकको जीवनमा उच्च प्रगति गरेको छ। निरपेक्ष गरिबीबाट मुक्त भइसकेको तिब्बतमा यसै वर्षबाट हाई स्पीड रेल पनि सञ्चालनमा आएको छ। कोरोनाभाइरस नदेखिएको तिब्बतमा पर्यटन व्यवसाय पनि निकै फस्टाएको छ। तिब्बत स्वायत्त प्रदेशीय पर्यटन विकास व्यूरोले सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार, चालू वर्षको जनवरीदेखि जुन महिनासम्म तिब्बत भ्रमण गरेका चिनियाँ तथा विदेशी पर्यटकको संख्या १ करोड ७५ लाख ८० हजार पुगेको छ।

तिब्बत शान्तिपूर्ण रूपमा मुक्त भएको सत्तरी वार्षिकोत्सवको अवसरमा हाम्रा सहकर्मी अजय अलौकिकले पनि तिब्बतको ल्हासालगायतका सहरको भ्रमण गरेका थिए। यस क्रममा पोताला दरबार चोक अगाडि उनले तिब्बती पोशाक लगाई फोटो समेत खिचेका छन्। तिब्बतीको परम्परागत पोशाकलाई छुपा (चाउपा) भनिन्छ। प्रायः रेशमबाट बनाइने यो लामो र ठूलो देखिने तिब्बती पोशाकमा हाम्रा अजयजी कस्तो देखेका छन् त, हेरौँ।