राष्ट्राध्यक्ष सी चिनफिङद्वारा साइ हान पा मानव निर्मित बन क्षेत्रको निरीक्षण
2021-08-24 10:39:33cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २३ तारिख हपै प्रान्तको साइ हान पा मानव निर्मित बन क्षेत्र अर्थात् यूएल्याङ सान पुगेर उक्त बन क्षेत्रको प्राकृतिक दृश्यको निरीक्षण गर्नुका साथै हपै प्रान्तले पहाड, जल, बन, जमिन, ताल, घाँस र बालुवाको व्यवस्थापनमा गरेको कामबारे अनुगमन तथा जानकारी लिँदै बन रक्षकहरूसँग पनि भेटघाट गर्नुभएको छ।

 

त्यसपछि उहाँले सोही क्षेत्रमा रहेको शाङहाइ स्मृत्ति बन पुगेर बन जंगलको वास्तविक अवस्थाको निरीक्षण गर्दै बन क्षेत्रले साइ हान पा भावनाको उच्च गुणस्तरीय विकासको अवस्थाबारे पनि जानकारी लिनुभएको छ।