चीनको अन्तर्राष्ट्रिय सेवा व्यापार मेला सम्पन्न
2021-09-07 20:37:56CRI
Share with:

चीनको अन्तर्राष्ट्रिय सेवा व्यापार मेला सम्पन्न_fororder_101

चीनको अन्तर्राष्ट्रिय व्यापार सेला मेला सेप्टेम्बर ७ तारिख पैचिङमा सम्पन्न भएको छ। प्रारम्भिक तथ्या्क अनुसार, ७ तारिख दिउँसो ४ बजेसम्म सेवा व्यापार मेलामा विभिन्न प्रकारका १६७२  परिणाममा उपलब्धि प्राप्त भएको थियो। उपलब्धिहरुको कुल संख्या र कारोबार रकम अघिल्लो मेलाभन्दा बढी भएको छ।

वैश्विक सेवा व्यापारको क्षेत्रमा सबैभन्दा ठूलो व्यापक प्रदर्शनीका रूपमा यस पटकको सेवा व्यापार मेलाले वैश्विक उद्यमहरुलाई दुर्लभ विकास अवसरहरु प्रदान गरेको छ। इटालीबाट एमडब्लुआई परामर्श कम्पनीका प्रतिनिधि साइमनले सिएमजीका बताउनु भए अनुसार, यस पटकको सेवा व्यापार मेला आश्चर्यले भरिएको एक मञ्च हो। विश्वका कम्पनीहरुलाई ग्राहकहरुसँग कुराकानीको अवसर यसले प्रदान गरेको छ।

चीनको अन्तर्राष्ट्रिय सेवा व्यापार मेला सम्पन्न_fororder_102

यसका साथै सेवा व्यापार मेलामा नयाँ प्रकारको व्यापार जस्तै डिजिटल व्यापारका लागि एक प्रदर्शन मञ्च प्रदान गरिएको छ। संकटमा वैश्विक प्रतिक्रियाका लागि एक महत्वपूर्ण "सफलता" भेटिएको छ। यसबाहेक सेवा व्यापार मेला एक खुला र समावेशी मञ्च हो जसले विश्व आर्थिक पुनःरुत्थानको असंतुलन सुधार गर्न र विकासोन्मुख देशहरुलाई व्यापारको अवसर खोज्नका लागि सहयोग गरेको छ।

अझ महत्त्वपूर्ण कुरा के हो भने चीनले यस पटकको मेलामा आफ्नो खुलापनलाई दृढतापूर्वक विस्तार गरिरहेको संकेत पठाएको छ। जसले संरक्षणवाद र एकपक्षीयताको प्रतिकारबाट पीडित विश्व अर्थतन्त्रको पुन: प्राप्तिमा थप विश्वास गरेको छ।

चीनको अन्तर्राष्ट्रिय सेवा व्यापार मेला सम्पन्न_fororder_103