चारैतिरबाट“छु”नामक गीत भन्ने कथा-1
2021-09-08 10:33:20cri
Share with:

चारैतिरबाट“छु”नामक गीत भन्ने कथा-1_fororder_02

कुनै मानिसले काम गर्ने क्रममा ठूलो कठिनाइको सामना गर्नुपरिरहेको बेला वरिपरिका मानिसहरुले उ अवश्य विफल हुने कुरामा विश्वस्त भएको अवस्थामा चिनियाँ भाषामा त्यस अवस्थाको व्याख्या “चारैतिरबाट छु नामक गीत भन्ने कथा" बाट गरिन्छ।

इसा पूर्व दुइ सय दुइ अघि नै चीनको पहिलो एकीकृत राज्य अर्थात् छिन राज्यको स्थापना भैसकेको थियो। वर्तमान विश्वका साँस्कृतिक सम्पदाहरुमध्ये चीनको वल्लो शान सी प्रान्तको “छिन सव्हाङ्ग नामका सैनिक र घोडाका मूर्तिहरु”भन्ने ठाउँ यसै छिन राज-वंशबाट छोडिएका साँस्कृतिक र पूरातात्विक सम्पदा हुन। चीनमा रहेको अर्को विश्व साँस्कृतिक सम्पदा लामो पर्खाल हो। त्यो पनि छिन राज-वंशकालमा प्राथमिक रुपमा परिमाण भइसकेको देखियो।

छिन राज-वंशका सत्ताधारीहरुले ठूलो र महा आदिजस्ता कुराहरु मन पराएकाले, अझ विशेष गरी छिन स व्हाङ्ग अर्थात् सो राज-वंशका प्रथम राजाबाट आफ्ना लागि शानदार दरबार र समाधिको निर्माण गरिबक्सेकाले सरकारी खर्च बढिरहेको देखिन्थ्यो। राजाद्बारा गरिएको क्रूर शोषण र अत्याचार सहन नसकेका जनताहरुले एकपछि अर्को पटक गरी विद्रोह गर्नेगरेका थिए। अन्तमा पन्ध्र वर्षपछि छिन राज-वंशको पतन भयो। छिन राज-वंशको पतनपछि देशको सत्तामा जानका लागि दुइवटा शक्तिले तँछाड-मछाड गर्नथाले। तिमध्ये एउटा शक्तिको नाइके स्याङ्ग यु थियो भने अर्को शक्तिको नेता लीउ पाङ्ग।