हङकङको सन्दर्भमा अमेरिका र बेलायती राजनीतिज्ञहरुको दोहोरो मापदण्ड #हङकङ
2021-09-09 18:24:43CRI
Share with:

हङकङको सन्दर्भमा अमेरिका र बेलायती राजनीतिज्ञहरुको दोहोरो मापदण्ड #हङकङ_fororder_101

हङकङ प्रहरीले हङकङमा शान्ति अवरोध गर्ने समूह "च ल्येन समूह"का समर्थक सदस्यहरुलाई कानुन बमोजिम पक्राउ गरेको छ। सोबारे सेप्टेम्बर ८ तारिख राति र ९ तारिख बिहान बेलायती विदेश मन्त्री राब र अमेरिकी विदेश मन्त्री ब्रिन्केनले हङकङ प्रहरीको कार्य "कानुनको दुरुपयोग" भन्दै टिप्पणी गरेका छन्। उनीहरुले "भिन्न बिचार"लाई दमन गरेको गैरजिम्मेवारपूर्ण टिप्पणी गरेका छन्। त्यस्ता टिप्पणीहरुले "विदेशी एजेन्ट"को रुपमा "च ल्येन समूह"को साँचो अनुहारलाई उजागर गरेको र हङकङ प्रहरीको कारबाहीको वैधता र आवश्यकतालाई प्रमाणित गरेको छ। उनीहरुको टिप्पणीले अमेरिका र बेलायतका व्यक्तिगत राजनीतिज्ञहरुको कपट र दोहोरो मापदण्डको पूर्ण रूपले प्रदर्शन गर्दछ।

हङकङको सन्दर्भमा अमेरिका र बेलायती राजनीतिज्ञहरुको दोहोरो मापदण्ड #हङकङ_fororder_102

हङकङ इतिहासको विकाससँग परिचित सबैलाई थाहा छ कि यसको स्थापनाको शुरुवात देखि "च ल्येन समूह" शत्रुतापूर्ण विदेशी मुलुकद्वारा उठाएको राजनीतिक ठग हो। विगत ३० वर्षभन्दा लामो समयसम्म हङकङका नागरिकहरुको कूटवेश अन्तर्गत "च ल्येन समूह"ले चीन बिरुद्ध घृणित गतिविधिहरु गरीरहेको छ। सेप्टेम्बर ८ तारिखमा हङकङ प्रहरीले हङकङ राष्ट्रिय सुरक्षा कानुनको कार्यान्वयन अनुसार "च ल्येन समूह"को समर्थक सदस्यहरुलाई कानुन बमोजिम प्रकार गरेको हो। यसले कानुनको शासनको सिद्धान्तलाई समेट्दै सबैले कानुनको पालना गर्नु पर्दछ भन्ने सन्देश दिएको छ। कानून प्रवर्द्धन कडाईका साथ लागु गरिनु पर्छ र कानुन उल्लंघनको छानबिन हुनु पर्छ भन्दै यसले निष्पक्ष र न्यायको सुरक्षा गर्ने प्रत्याभूति गर्दछ।