हिमाल आरोहण गर्न १९२ विदेशीले लिए अनुमति
2021-09-13 16:57:06CRI
Share with:

शरद ऋतु सिजनमा ८१६३ मिटरको मनास्लु हिमाल आरोहणका लागि एक सय ७० जनासहित १९२ ले अनुमति लिएका छन्। पर्यटन विभागले बुधबार जारी गरेको सूचना अनुसार १७ आरोहण समूहका १ सय ७० जनाले अनुमति लिएका हुन् । जस्मा एक सय ३२ जना पुरुष र ३८ जना महिला रहेका छन् ।

यसैगरी ८१६७ मिटरको धौलागिरिका लागि १४ जना पुरुष र ५ जना महिला रहेका छन् भने ८५८६ मिटरको कन्चनजङ्गाका लागि कुल ३ जनाले अनुमति लिएकोमा २ पुरुष र १ महिला छन् । यो अवधीमा हिमाल आरोहणबाट प्राप्त हुन राजस्व दस्तुर वापत एक करोड ७५ लाख २३ हजार रुपैयाँ संकलन भएको पर्यटन विभागले जनाएको छ ।

आरोहण अनुमति प्राप्त गरेका आरोहीसहितको टोलीको व्रिफिङ पूरा गरेर आरोहणका लागि प्रस्थान गरेको विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताउनुभयो।

अबको करिब १५ दिनपछि आमादब्लमको पनि अनुमति प्रदान गर्ने विभागले जनाएको छ । हिमाल आरोहणका लागि बढीमा १५ जनाको समूह बनाउन पाउने कानूनी व्यवस्था रहेको विभागले जनाएको छ । गत वर्ष ११ समूहले आरोहण अनुमति लिएका थिए ।

कारोबार अनलाइनका अनुसार शरद ऋतुमा ८ हजार माथिका हिमाल आरोहण गर्न विदेशी नागरिकले प्रतिव्यक्ति ९ सय अमेरिकी डलर र नेपालीको हकमा भने ५ हजार रुपैयाँ सलामी राजस्व बुझाउनुपर्ने व्यवस्था छ । जारी सिजनका आरोहीहरु सबै विदेशी नागरिक रहेको विभागका शाखा अधिकृत भीष्मराज भट्टराईले बतातउनुभयो।