पोर्चुगलका पूर्व राष्ट्रपतिको निधनमा चिनियाँ राष्ट्राध्यक्ष सीबाट श्रद्धाञ्जली सन्देश
2021-09-13 17:03:59CRI
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले १२ तारिख पोर्चुगलका पूर्व राष्ट्रपति जोर्गे साम्पाइयोको निधनमा वर्तमान राष्ट्रपति मार्सेलोलाई श्रद्धाञ्जली सन्देश पठाउनुभएको छ।

उहाँका अनुसार, साम्पाइयो पोर्चुगलका उत्कृष्ट राजनीतिज्ञ र नेता हुनुका साथै अन्तर्राष्ट्रिय जगतमा उच्च प्रतिष्ठा प्राप्त हुनुहुन्थ्यो। उहाँको कार्यावधिमा, मकाउ चीनमा फर्कनुका साथै चीन र पोर्चुगलबीचको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको स्थापना भयो। राष्ट्रपतिको पद छोडेपछि  उहाँले  अझै पनि दुई देशको सम्बन्धमाथि ध्यान दिंदै आपसी आदानप्रदान र सहयोगलाई समर्थन गर्नुभयो।

चीन तथा पोर्चुगलको सम्बन्धको विकासमाथि उच्च महत्व दिंदै दुई देश तथा जनताका लागि राष्ट्रपति सँगसँगै परम्परागत मित्रतालाई अघि बढाउने र विभिन्न क्षेत्रको सहकार्यलाई गहन पार्ने इच्छा राष्ट्राध्यक्ष सीले राख्नुभएको छ।