अमेरिकाले अफ्गानिस्तानी आर्थिक संकट सामनाका लागि सघाउनुपर्ने
2021-09-13 18:49:59CRI
Share with:

‘अफ्गानिस्तान समस्याको आरम्भकर्ता भएको हुनाले अमेरिकाले आफ्नो वचन्वद्धतालाई व्यवहारमा उतारेर जिम्मेवारीबोध गर्दै आफ्गानिस्तानको सार्वभौमिकता तथा स्वतन्त्रतालाई सम्मान गर्ने आधारमा अफ्गानिस्तानी आर्थिक संकटको सामना गर्न सहयोग गर्नुपर्छ’, चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लीच्यानले १३ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

प्राप्त जानकारीअनुसार, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो  गुट्टेरेसले आफ्गानिस्तानको आर्थिक संकट आतंकवादका लागि एउटा उपहार हुनसक्ने भन्दै अन्तर्राष्ट्रिय जगतसँग आफ्गानिस्तानमा पूँजी सहयोगका लागि आह्वान गर्नुभएको थियो।

प्रवक्ता चाउका अनुसार, सेप्टेम्बर ८ तारिख चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले प्रथम आफ्गानिस्तान र छिमेकी देशका विदेशीमन्त्रीस्तरीय बैठकमा सहभागी हुँदा चीनले आफ्गानिस्तानलाई २० करोड युआनको खाद्यान्न, जाडो आपूर्ति, खोप तथा औषधि दिने घोषणा गर्नुभएको थियो। सुरक्षालगायत शर्त भएपछि चीनले आफ्गानिस्तानमा जनजीवनका लागि फाइदाजनक निर्माणलाई सहयोग गर्ने र सक्दो प्रयासमा आफ्गानिस्तानको शान्तिपूर्ण पुनर्निर्माण तथा आर्थिक विकासलाई समर्थन दिनेछ। जसले चीनको मैत्रिपूर्ण नीति र आपसी सहयोगको परम्परागत सँस्कृति देखाएको छ।

हाल आफ्गानिस्तानका सामु मानवीय तथा कोभिड-१९ लगायत गम्भीर चुनौती देखापरेका छन्। अन्तर्राष्ट्रिय जगतले आफ्गानिस्तानलाई आर्थिक, जनजीवन तथा मानवीय सहायता दिनुपर्ने कुरा प्रवक्ता चाउले व्यक्त गर्नुभएको छ। साथै अफ्गानिस्तान समस्याको आरम्भकर्ता भएको अमेरिकाले अरूलाई जिम्मेवार तथा दोष लगाएर छोड्नुहुँदैन।