फुकुशिमा आणविक फोहोर पानीको सामनामा अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले आवश्यक भूमिका खेल्न चीनको समर्थन
2021-09-13 18:59:21CRI
Share with:

पाएको अधिकारअनुसार, अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले  सम्बन्धित पक्षको विचार सुनेर फुकुशिमा आणविक फोहोर पानीको सामनामा आवश्यक भूमिका खेल्न चीनले समर्थन गरेको छ। चिनियाँ परराष्ट्रमन्त्रालयका प्रवक्ता चाउ लीच्यानले १३ तारिख पत्रकार सम्मेलनमा उक्ता कुरा बताउनुभएको हो।

एसोसिएटेड प्रेसले दिएको जानकारीअनुसार, अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी(आईएईए)का उपमहाप्रबन्धकले ९ तारिख उक्त संस्थाको प्राविधिक टोलीले फुकुशिमा आणविक फोहोर पानीको सामनाबारे सुरक्षा मूल्यांकन गर्ने बताउनुभयो।

त्यसबारे चीन, दक्षिण कोरिया, रूसलगायत देशका विद्वानहरूले आईएईएको उक्त प्राविधिक टोलीमा भाग लिने प्रवक्ता चाउले जानकारी दिनुभएको छ।

उहाँका अनुसार, जापानले अन्तर्राष्ट्रिय जगतको चिन्ताबारे उचित रूपमा विचार गरी सागरमा आणविक फोहोर पानी उत्सर्जन गर्ने गलत निर्णय त्याग्नुका साथै सम्बन्धित तयारी कार्य रोक्नुपर्छ। वरिपरिका देश लगायत सम्बन्धित पक्ष र अन्तर्राष्ट्रिय संस्थासँग सल्लाह गरी सहमति हुनुअघि जापानले उत्सर्जन गर्नुहुँदैन।