राष्ट्राध्यक्ष सी चिनफिङबाट "पठारभूमि सीमाको रक्षा मोडेल शिविर"का सबै सैनिकलाई जवाफी चिट्ठी
2021-09-13 19:17:56CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले  "पठारभूमि सीमाको रक्षा मोडेल शिविर"का सबै सैनिकलाई जवाफी चिठ्ठी पठाएर हार्दिक अभिवादन गर्नुभएको छ।

चिट्ठीमा राष्ट्राध्यक्ष सीले यसरी लख्नुभयो-‘पाँच वर्षयता तिमीहरूले पार्टी तथा जनताबाट दिइएको मिशन दृढताका साथ याद गर्दै जीवनको प्रतिबन्धित क्षेत्रमा युवा र रगतद्वारा पवित्र मातृभूमिको रक्षा गरी कार्य राम्ररी पूरा गर्दैआएका छौ। सबैजना गजब।’

सिमानामा तैनाथ सेनाहरूले कठिन कार्य र भारी जिम्मेवारी वहन गरेको सीले दोहोर्याउनुभएको छ। उनीहरू राम्रो परम्परालाई अगाडि बढाउनुका साथै सैन्य अभ्यास तथा तयारीलाई सबल पारी पार्टी र जनताका लागि सीमाको रक्षा कर्तव्यलाई ईमान्दारीपूर्वक व्यवहारमा उतार्ने आशा सीले प्रकट गर्नुभएको छ।

"पठारभूमि सीमाको रक्षा मोडेल शिविर" ४८०० मिटर उचाइको क्षेत्रमा तैनाथ रहेको छ। त्यहाँ सबैभन्दा न्यूनतम तापमान माइनस ४० डिग्री छ। सन् २०१६ मा उक्त शिविरलाई "पठारभूमि सीमाको रक्षा मोडेल शिविर"को मानार्थ शीर्षक दिइएको थियो। केही समयअघि शिविरका सबै सैनिकहरूले राष्ट्राध्यक्ष सीलाई चिट्ठी पठाएर पाँच वर्षको कार्यबारे जानकारी दिएका थिए।