चीनको राष्ट्रिय मानव अधिकार कार्ययोजनाको व्याख्या
2021-09-14 17:24:54CRI
Share with:

चीनको राष्ट्रिय मानव अधिकार कार्ययोजनाको व्याख्या_fororder_0914renquan.JPG

चिनियाँ राज्य परिषदको प्रेस कार्यालयले १४ तारिख पत्रकार सम्मेलनको आयोजना गरेर चीनको “राष्ट्रिय मानव अधिकार कार्ययोजना(सन् 2021—2025)”बारे व्याख्या गरेको छ। जानकारीअनुसार, उक्त कार्ययोजनामा लगभग २०० लक्ष्य र कार्य समेटिएका छन्। जसले मानव अधिकारको सिद्धान्त, सम्मान तथा सुरक्षा, मानव अधिकार सँस्कृति आदि क्षेत्रमा   चीनको विशेषता, श्रेष्ठता र आत्मविश्वास देखाएको छ।

विश्वमा ६० भन्दा बढी देशहरूले कार्ययोजनाको तर्जुमा गरेका छन्। तर चीन, इन्डोनेशिया र मेक्सिकोले मात्रै निरन्तर चार पटक तर्जुमा गरेका छन्। अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, जापान लगायत देशहरूले कुनै मानव अधिकार कार्ययोजनाको तर्जुमा गरेका छैनन्। चीनले ती देशहरूसँग अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डअनुसार राष्ट्रिय मानव अधिकार कार्ययोजनाको तर्जुमा गर्न आह्वान गरेको छ।

“राष्ट्रिय मानव अधिकार कार्ययोजना(सन् 2021—2025)” ९ तारिख प्रकाशित भएको छ। उक्त कार्ययोजनाले सन् २०२१देखि २०२५सम्म चीन सरकारले मानव अधिकारको सम्मान, सुरक्षा तथा घच्घच्याउने चरणवद्ध लक्ष्य र कार्यहरु स्पष्ट पारेको छ।