सी चिनफिङबाट सन् २०२१ “बेल्ट एण्ड रोड” ·लामो पर्खाल अन्तर्राष्ट्रिय लोक संस्कृति र कला महोत्सवलाई शुभकामना सन्देश
2021-09-15 20:43:02cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १५ तारिख सन् २०२१ “बेल्ट एण्ड रोड” ·लामो पर्खाल अन्तर्राष्ट्रिय लोक संस्कृति र कला महोत्सवलाई शुभकामना सन्देश पठाउनुभएको छ।

उहाँका अनुसार, आदान प्रदानद्वारा सभ्यता रंगीविरंगी बनेको छ। बेल्ट एण्ड रोड प्रस्तावको प्रस्तुतीको ८ वर्षमा विभिन्न पक्षको सहभागिता तथा प्रयासमा बेल्ट एण्ड रोडको साझा निर्माणले सकारात्मक उपलब्धि हासिल गर्दा जनतामा फाइदा पुर्याउनुका साथै सभ्यताको आदानप्रदान तथा संवादलाई पनि अघि बढाएको छ। “बेल्ट एण्ड रोड” ·लामो पर्खाल अन्तर्राष्ट्रिय लोक संस्कृति र कला महोत्सवको आयोजना रेशमी मार्ग तथा लामो पर्खाल लगायत विश्व साँस्कृतिक सम्पदाको मूल्य प्रचार गर्न सहयोगी हुने, विभिन्न देशको लोक सँस्कृति तथा कलालाई मञ्च दिने, विभिन्न देशका जनताको आदानप्रदान तथा संवाद गर्न पुलको निर्माण गर्ने र विभिन्न सभ्यताको आदानप्रदान गर्न सम्पर्क दिनेछ। समान, आपसी सिकाइ, संवाद तथा सहिष्णु विचार पालना गरेर विभिन्न देशहरूसँगै  “बेल्ट एण्ड रोड”को साझा निर्माण गर्नुका साथै मानव सभ्यताको विकासमा अझ बढी योगदान दिने इच्छा चीनले राखेको छ।

सोही दिन सन् २०२१ “बेल्ट एण्ड रोड” ·लामो पर्खाल अन्तर्राष्ट्रिय लोक संस्कृति र कला महोत्सव ह पै प्रन्तीय लाङफाङ शहरमा सुरू भएको छ। यो महोत्सवको मुख्य विषयवस्तु सँस्कृति तथा कलाको आदानप्रदान र  “बेल्ट एण्ड रोड”को साझा निर्माण भन्ने रहेको छ। उक्त महोत्सव चिनियाँ सँस्कृति तथा पर्यटन मन्त्रालय र ह पै प्रान्तीय सरकारद्वारा संयुक्त रूपमा आयोजित भएको हो।