चारैतिरबाट“छु”नामक गीत भन्ने कथा-2
2021-09-15 10:25:49cri
Share with:

चारैतिरबाट“छु”नामक गीत भन्ने कथा-2_fororder_02

स्याङ्ग यु र लीउ पाङ्ग बीचको लडाइँ पाँच/सात वर्षसम्म चलेको थियो। चीनको इतिहासमा त्यसलाई “छू र हान बीचको भिडन्त”भनिन्छ। एक पटकको लडाइँमा स्याङ्ग युले लीउ पाङ्गलाई नराम्रोसित पराजित गर्नुका साथै लीय पाङ्गका बुवा र उनकी श्रीमतीलाई युद्धबन्दी बनाए। स्याङ्ग युले लीउका बुवालाई बन्धक बनाएपछि आत्म-समर्पण गर्न लीउ पाङ्गलाई आग्रह गरे। यदि आत्म-समर्पण नगरेको खण्डमा लीउ पाङ्गका बुवालाई मारेपछि काटेर पकाउने धम्की दिए। तर मानिसहरुले चिताउन नसक्ने कुरा भयो यहाँ। लीउ पाङ्गले स्याङ्ग युलाई भनेः“छिन राज-वंश विरोधी संघर्षमा हामीले मीत लगायौं। हामी दाजु-भाइ हौं। मेरा बुवा तपाईंका बुवा हुनुहुन्छ। यदि मेरा बुवालाई मारेर पकाएर खाने हो भने मलाई पनि एक कचौरा खानदिन नविर्सनुहोला।”यस्तो कुरा सुनेर स्याङ्ग युले केही उपाय नलागी लीउ पाङ्गका बुवा र उनकी श्रीमतीलाई मुक्त गरे।

लीउ पाङ्ग र स्याङ्ग यु बीचको अन्तिम अडाईं “के स्या”नामक ठाउँ(अहिलेको आन व्है प्रान्तमा)मा भएको थियो। एकदमै भीषण संघर्ष भएपछि लीउ पाङ्गका सेनाले स्याङ्ग युको सेनालाई घेरामा पारेको थियो। त्यस बेला स्याङ्ग यु नराम्रो अवस्थामा परे पनि उनका एक लाखभन्दा बढी सैनिकहरु थिए। त्यसकारण लीउ पाङ्गले स्याङ्ग युलाई एकै पटक खत्तम पार्न सकेनन।

शत्रुको घेरामा परेका स्याङ्ग यु र उनका सैनिकहरुले एक राति चारैतिरबाट निकै परिचित गीत सुने। अहो, त्यो गीत त आफ्नो जन्मथलोको लोक गीत पो रहेछ!त्यो गीत लीउ पाङ्गको शिविरमा गाइएको थियो। स्याङ्ग यु र उनका सैनिकहरुलाई एकदमै अचम्म लाग्यो र लीउ पाङ्गले आफ्नो जन्मथलोमाथि आक्रमण गरी आफ्ना बाबु-आमा, दाजु-भाइ र दिदी-बहिनीहरुलाई पक्राउ गरी यहाँ ल्याइसकेको अनुमान स्याङ्ग युले गरे। यति मात्र नभई ती परिचित गीतहरुबाट सैनिकहरुलाई आ-आफ्नो जन्मथलोको सम्झना गराइयो। यति बेलादेखि स्याङ्ग युको सेनामा गोलमाल शुरु भयो। समूहका समूह सैनिकहरु रातको अँध्यारोको फाइदा उठाई भागे। एक लाख सैनिकहरुमध्ये अब स्याङ्ग युको से‌नामा दुइ तीन सयजना मात्र बाँकी रहे।

यो लीउ पाङ्गले प्रयोग गरेको षडयन्त्रको परिणाम थियो। उनले आफ्ना सैनिकहरुलाई छु राज-वंशका भावनायुक्त दुखान्त लोक गीत गाउन लगाए। यो स्याङ्ग युका सैनिकहरुको स्थिर मनस्थितिलाई बिथोल्नका लागि गरिएको षडयन्त्र थियो।

यसरी“के स्या”नामक लडाईंमा अन्त्यमा लीउ पाङ्ग विजयी भए। स्याङ्ग युले वाध्य भएर आत्म-हत्या गरे। पछि लीउ पाङ्गले हान राज-वंशको स्थापना गरे। हान राज-वंशकाल चीनको इतिहासमा सबैभन्दा समृद्ध अवधिहरुमध्येको एक मानिन्छ। यसले विश्वको आर्थिक तथा साँस्कृतिक क्षेत्रमा ठूलो प्रभाव पारेको थियो।