शाङहाई सहयोग संगठनका राष्ट्रनायक समितिको २१औं बैठकमा सीद्वारा पाँच सूत्रीय प्रस्ताव प्रस्तुत
2021-09-17 20:14:37CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १७ तारिख दिउँसो पैचिङमा भिडियोमार्फत् शाङहाई सहयोग संगठनका राष्ट्रनायक समितिको २१औं बैठकमा भाग लिँदै “प्रारम्भिक इच्छा नबिर्सनु, कठिन पार भई अगाडि हिँड्नु, शांगहाई सहयोग संगठनको विकासको नयाँ प्रक्रिया शुरु गर्नु” भन्ने शीर्षकको सम्बोधन गर्नुभएको छ।

आज शाङहाई सहयोग संगठन नयाँ ऐतिहासिक सुरूवातमा रहेको भन्दै  सीले अझ घनिष्ट शाङहाई सहयोग संगठनको भाग्य समुदायको निर्माण गरेर दीर्घकालीन शान्ति तथा साझा समृद्धिका लागि अझ बढी योगदान दिनुपर्नेमा जोड दिनुभयो। सीले पाँच सूत्रीय प्रस्ताव प्रस्तुत गर्नुभयो।

पहिलो, एकता र सहकार्यको बाटो हिँड्नुपर्छ। दोस्रो, सुरक्षा र खतराको संयुक्त रुपमा सामना गर्ने बाटो हिँड्नुपर्छ। तेस्रो, खुलापन र पारस्परिक सम्पर्कको बाटो हिँड्नुपर्छ। चौथो, एक अर्कालाई सिक्ने बाटो हिँड्नुपर्छ। पाँचौं, निष्पक्ष र न्यायको बाटो हिँड्नुपर्छ।

सीले निरन्तर रुपमा विस्तार हुने “शांगहाई सहयोग संगठनको ठूलो परिवार”ले विश्वका सबै प्रगतिशील शक्तिसँग मिलेर अगाडि बढ्ने, विश्व शान्तिको निर्माण गर्ने, विश्वको विकासका लागि योगदान दिने, अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण गर्ने पक्षको रूपमा संयुक्त रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो।

सीले सबैले प्रारम्भिक इच्छा नबिर्सने, कठिनाइ पार गर्दै अगाडि बढ्ने, शांगहाई सहयोग संगठनको विकासको नयाँ प्रक्रिया शुरु गर्ने कुरा बताउनुभयो।