“चीनको प्रस्ताव”द्वारा अफगानिस्तान समस्याको समाधान गर्न दिशानिर्देश
2021-09-18 18:57:47CRI
Share with:

“चीनको प्रस्ताव”द्वारा अफगानिस्तान समस्याको समाधान गर्न दिशानिर्देश_fororder_0918ruiping2- (1)

सेप्टेम्बर १७ तारिख शाङहाई सहयोग संगठनका राष्ट्रनायक समितिको २१औं बैठकमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भिडियो तरीकामार्फत सम्बोधन गर्नुभएको छ। उहाँले अफगानिस्तान समस्याको राजनीतिक रुपमा समाधान गर्नका लागि तीन सूत्रीय प्रस्ताव प्रस्तुत गर्नुभएको छ। ती प्रस्तावहरू अफगानिस्तानको शान्तिपूर्ण पुनःनिर्माणलाई अघि बढाउन, क्षेत्रीय दीर्घकालीन शान्ति र स्थिरताको संरक्षण गर्नका लागि महत्वपूर्ण अर्थ र रणनीतिक निर्देशकीय भूमिका रहेको छ।

राष्ट्राध्यक्ष सीले उक्त शिखर सम्मेलनमा पहिलो पटक अफगानिस्तानी परिस्थितिबारे चीनको प्रस्ताव र अडानबारे ब्याख्या गर्नुभयो। उहाँले “अफगानिस्तानी परिस्थिति छिटो र स्थिर रुपमा संक्रमणमुक्ति बनाउने”, “अफगानिस्तानसँग वार्ता गर्ने”, “अफगानिस्तानी जनतालाई कठिनाइबाट पार पाउन मद्दत दिने” गरी तीन सूत्रीय प्रस्ताव प्रस्तुत गर्नुभयो।

“चीनको प्रस्ताव”द्वारा अफगानिस्तान समस्याको समाधान गर्न दिशानिर्देश_fororder_0918ruiping2- (2)

साथै चीनले अफगानिस्तानको संकटपूर्ण स्थिति बनाएको केही मुलुकले अफगानिस्तानको भावी विकासप्रति दायित्व वहन गर्नुपर्ने कुरामा जोड दिएको छ।

हाल अफगानिस्तानलाई भिडन्त रोक्न र स्थिर परिस्थितिमा फर्कन र शान्तिपूर्ण रुपमा पुनःनिर्माण गर्न अगाडि बढाउनु अफगानिस्तानी जनताको प्रतिक्षा हो र यो क्षेत्रीय साझा हितसित अनुकूल छ। अफगानिस्तानको नजिकै छिमेकीको रुपमा चीनले शांगहाई सहयोग संगठन र सामूहिक सुरक्षा संगठनका सदस्य मुलुकहरूसँग मिलेर अफगानिस्तानी जनतालाई उज्ज्वल भविश्यतर्फ लम्कन समर्थन दिने आशा लिएको छ।