इतिहास चौबाटोमा उभिएको बेला “चिनियाँ प्रस्ताव”द्वारा ठूलो मुलुकको उत्तरदायित्व
2021-09-22 20:41:23CRI
Share with:

इतिहास चौबाटोमा उभिएको बेला “चिनियाँ प्रस्ताव”द्वारा ठूलो मुलुकको उत्तरदायित्व_fororder_92D2A9AE0F218DF24C976727A7E34D04

“विश्व फेरि इतिहासको चौबाटोमा उभिएको छ। मानव जातिको शान्तिपूर्ण विकास प्रवृतिलाई रोक्न नसक्ने मलाई विश्वास छ।” चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सेप्टेम्बर २१ तारिख पैचिङमा भिडियोमार्फत संयुक्त राष्ट्र संघको ७६ औं महासभाको सामान्य बहसमा सम्बोधन गर्दा उक्त कुरा बताउनुभएको हो। सो अवसरमा उहाँले एकबद्ध रुपमा कोरोना महामारीको प्रतिरोध गर्ने, आर्थिक पुन:उत्थान गर्ने, अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्ने र विश्वको व्यवस्थापनमा सुधार गर्ने विषयहरुबारे अनेकन नयाँ धारणा र नयाँ कदम प्रस्तुत गर्नुभयो। राष्ट्राध्यक्ष सीको मन्तव्यले विश्वलाई अघि बढ्ने दिशा स्पष्ट पार्दै विश्वास र शक्ति पुर्‍याएर उत्तरदायित्वयुक्त मुलुकका साहस र जिम्मेवारी देखाएको ठहर धेरे मुलुकका व्यक्तिहरुले गरेका छन्।

चालु वर्ष चीनले संयुक्त राष्ट्र संघको बैधानिक सिट पुन:प्राप्त गरेको पचासौं वर्ष हो। विगत पचास वर्षदेखि संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको स्थायी सदस्य मुलुकको रुपमा चीनले राष्ट्र संघको भूमिकाको संरक्षण गर्ने र विश्वको व्यवस्थापनमा सुधार गर्ने पक्षमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। हाल अन्तर्राष्ट्रिय परिस्थिति परिवर्तन भएको र कोरोना महामारी देखा परेको कारण विश्वले नयाँ उथलपुथल अवधिमा प्रवेश गरेको छ। मानव समाज फेरि इतिहासको चौबाटोमा रहेको छ। विभिन्न देशका जनताले अपेक्षा गर्ने शान्ति र विकास साकार कसरी तुल्याइने? चीनले फेरि एक पटक त्यसको उत्तर दिएको छ।

राष्ट्राध्यक्ष सीले संयुक्त राष्ट्र संघको ७६ औं महासभामा घोषणा गर्नु भएका अनेकन नयाँ धारणा र नयाँ कदमबाट विश्व शान्तिको निर्माणकर्ता र विश्व विकासका लागि योगदान पुर्‍याउने मुलुक प्रमाणित भएको छ। चीनले आफ्नो विकासमार्फत विश्वलाई नयाँ अवसर प्रदान गर्नेछ। यो चीनले गरेको ऐतिहासिक छनौट हुनुका साथै विश्वप्रति चीनका वचन र जिम्मेवारी पनि हो।