चीनले कहिल्यै पनि अरु देशमाथि आक्रमण नगर्ने र प्रभुत्ववाद नअपनाउने राष्ट्राध्यक्ष सी चिन फिङको भनाइ #चिनियाँराष्ट्राध्यक्ष
2021-09-23 20:57:33cri
Share with:

प्रेस ट्रस्ट अफ इन्डियाद्वारा सेप्टेम्बर २२ तारिख जारी गरिएको समाचार अनुसार, चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सेप्टेम्बर २१ तारिख संयुक्त राष्ट्र संघको ७६ औँ महासभालाई सम्बोधन गर्दै चीनले कहिल्यै पनि अरु देशमाथि आक्रमण नगरेको र भविश्यमा पनि अरु देशमाथि आक्रमण नगर्ने र प्रभुत्ववाद नअपनाउने दाबी गर्नुभयो। चालु वर्ष चीनले विकासोन्मुख मुलुकहरुलाई दश करोड डोज कोरोना विरुद्ध खोप अनुदान दिने घोषणा पनि राष्ट्राध्यक्ष सीले घोषणा गर्नुभयो।