स छ्वान प्रान्तको यान युआन जिल्लामा स्याउको राम्रो फसल
2021-09-23 20:56:23cri
Share with:

स छ्वान प्रान्तको यान युआन जिल्लामा स्याउको राम्रो फसल_fororder_苹果3

स छ्वान प्रान्तको यान युआन जिल्लामा स्याउको राम्रो फसल_fororder_苹果1

स छ्वान प्रान्तको यान युआन जिल्लामा स्याउको राम्रो फसल_fororder_苹果2

सेप्टेम्बर २३ तारिख चौथो चिनियाँ किसान फसल दिवस हो। स छ्वान प्रान्तको दक्षिण पश्चिमी भागमा अवस्थित ल्याङ शान यी जातीय स्वायत्त प्रिफेक्चरको यान युआन जिल्लामा बसोबास गर्ने गाउँलेहरुका लागि यो दिवस अर्थपूर्ण रहेको छ। किनभने गरिबीमुक्त भएपछि उनीहरुले मनाएको यो पहिलो किसान फसल दिवस हो।

हाल सो गाउँमा एक सय तेंतीस हेक्टर क्षेत्रफलमा रोपिने स्याउ टिप्ने बेला भएको छ। चालु वर्ष प्रति हेक्टरको खेतीमा स्याउको उत्पादन मात्रा १५ टन नाघ्ने अनुमान छ।

राम्रो फसल भएको हुनाले गाउँले याङ युङ फा खुशी छन्। यो विशेष दिवसमा उनले नयाँ लुगा लगाएका छन्।

यान युआन चीनको दक्षिण पश्चिमी भागमा रहेको गुणस्तरीय स्याउ उत्पादन गर्ने सबैभन्दा ठूलो अखडा हो। स्थानीय सरकारले स्याउ रोपाई सम्बन्धी खेतीको धुमधामसँग सहायता दिएको थियो। यान युआन सन् २०१९ को अन्त्यमा गरिबी मुक्त भएको थियो।