《सि चिन फिङ: चीनको शासन व्यवस्था》दोस्रो भागको नेपाली संस्करणको विमोचन समारोह काठमाडौंमा #चिनियाँराष्ट्राध्यक्ष
2021-09-24 18:55:08cri
Share with:

《सि चिन फिङ: चीनको शासन व्यवस्था》दोस्रो भागको नेपाली संस्करणको विमोचन समारोह र तेस्रो भागको अङग्रेजी संस्करणको प्रचार प्रसार समारोह सेप्टेम्बर २३ तारिख नेपालको राजधानी काठमाडौंमा आयोजना गरिएको छ। चीनको राज्य परिषद्को प्रेस कार्यालय, नेपाली राष्ट्रपति भवन, चिनियाँ विदेशी भाषा प्रकाशन ब्युरो र नेपालका लागि चिनियाँ दुताबासले संयुक्त रूपमा उक्त समारोहको आयोजना गरेका हुन्।

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त समारोहमा सहभागी हुँदै सम्बोधन गर्नुभयो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य एवं केन्द्रीय प्रचार प्रसार विभागका प्रमुख ह्वाङ खुनमिङले भिडियोमार्फत सम्बोधन गर्नुभएको छ। नेपालका लागि चिनियाँ राजदुत हौ यानछी र नेपालको चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दरनाथ भट्टराई लगायतका विविध क्षेत्रका व्यक्तिहरू सो समारोहलाई सम्बोधन गर्नु भएको छ।