चिनियाँ राष्ट्राध्यक्ष र टोङ्गाका राजाबीच टेलिफोन वार्ता
2021-09-24 15:46:22cri
Share with:

  चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर २४ तारिख टोङ्गाका राजा टुपौ छैठौँसँग टेलिफोन वार्ता गर्नुभएको छ। राष्ट्राध्यक्ष सीका अनुसार, दौत्य सम्बन्ध स्थापना भएयता चीन र टोङ्गाबीचको राजनीतिक विश्वास गहन हुँदै विभिन्न क्षेत्रको सहयोग तथा आदानप्रदानमा प्रचुर उपलब्धि प्राप्त भएको छ। टोङ्गाले एक चीन नीतिलाई द्दढ समर्थन गरेकोमा चीनले प्रशंसा गरेको छ।

कोरोना भाइरस महामारी फैलिएदेखि यी दुई मुलुकले हातमा हात मिलाएर महामारीको संयुक्त प्रतिरोध गरेको बताउँदै दुवै मुलुकले एकताबद्ध भएर आपसी चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन प्रयास गर्न पनि राष्ट्राध्यक्ष सीले आग्रह गर्नुभयो।

 राजा टुपौ छैठौँका अनुसार चिनियाँ चिकित्सा विशेषज्ञ र कृषि प्राविधिक विशेषज्ञले टोङ्गामा महामारीको रोकथाम र अन्नबालीको सुरक्षाको प्रत्याभूतिका लागि महत्वपूर्ण भूमिका खेलेको छ। टोङ्गाले प्रशान्त टापुहरु र चीनबीचको सम्बन्धलाई मजबुत बनाउन समर्थन दिँदै सकारात्मक भूमिका सिर्जना गर्ने छ।