सी र भियतनामी कम्युनिष्ट पार्टीका महासचिव बीच टेलिफोन वार्ता
2021-09-24 17:48:23cri
Share with:

नभेम्बर २४ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले भियतनामी कम्युनिष्ट पार्टीका महासचिव न्गुयेन फुत्रोङसँग टेलिफोनवार्ता गर्नुभएको छ।

टेलिफोनमा सीले जोड दिनुभएको छ, ‘सत्तामा कम्युनिष्ट पार्टीको शासन तथा समाजवादी अवस्थाको सुरक्षाको संरक्षण गर्नु नै चीन र भियतनाम दुवै पक्षको साझा आधारभूत रणनीतिक हित हो।’

टेलिफोनमा भियतनामी महासचिव न्गुयेनले दुई देशका कम्युनिष्ट पार्टी बीचको आदानप्रदानलाई सबल पार्दै राजनीतिक विश्वासको बढावा र देशको शासन व्यवस्था सम्बन्धी अनुभव साटासाटलाई गहन पार्ने इच्छा व्यक्त गर्नुभएको छ। साथै आर्थिक, व्यापारिक लगायतका विविध क्षेत्रमा हितयुक्त सहयोगलाई अघि बढाउँदै समाजवादी महाकार्य तथा आपसी सम्बन्धलाई निरन्तर विकसित पारेर क्षेत्रीय लगायत विश्वको शान्ति तथा स्थिरताको प्रवर्द्धनलाई संयुक्त रूपमा गर्दै जाने आशा पनि उहाँले गर्नुभएको छ।