संयुक्त राष्ट्र संघको जैविक विविधता सन्धि १५ औँ सदस्य सम्मेलन (कोप १५) शिखर सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ उपस्थित
2021-10-12 15:26:19CRI
Share with:

图片默认标题_fororder_111

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १२ तारिख दिउँसो भिडियोमार्फत संयुक्त राष्ट्र संघको जैविक विविधता सन्धि १५ औँ सम्मेलन (कोप १५) शिखर सम्मेलनमा उपस्थित हुँदै सम्बोधन गर्नुभएको छ।

 

राष्ट्राध्यक्ष सी चिनफिङले जैविक विविधताले पृथ्वीलाई जीवनपूर्ण बनाएको र यो मानवजातिको अस्तित्व र विकासको आधार पनि भएको भन्दै जैविक विविधताको संरक्षण गरेबाट पृथ्वीको संरक्षण र मानवजातिको दिगो विकासलाई अगाडि बढाउन मद्दत पुग्ने बताउनुभएको छ।

 

राष्ट्राध्यक्ष सीले पारिस्थितिक सभ्यता मानवजाति सभ्यता विकासको ऐतिहासिक प्रवृत्ति भएको भन्दै हातमा हात मिलाएर पृथ्वीमा जीवन समुदायको संयुक्त रूपमा रचना गरी सफा र सुन्दर विश्वको निर्माण गर्न पनि आह्वान गर्नुभएको छ।

 

राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार मानव जाति र प्रकृतिबीच मेलमिलापयुक्त सहअस्तित्व हुनुपर्छ। मानव जातिले प्रकृतिको मैत्रीपूर्ण रूपमा संरक्षण गरेमा मात्र प्रकृतिले मानव जातिलाई उदारपूर्ण जवाफ दिने छ। मानव जातिले प्रकृतिमाथि हिँसा गरेमा प्रकृतिले पनि मानव जातिमाथि निर्दयी रूपमा सजाय दिने छ। प्रकृतिलाई सम्मान गर्दै मानव र प्रकृतिबीच सहअस्तित्व भएको पृथ्वीको निर्माण गर्नसक्ने बताउनुभएको छ।

 

राष्ट्राध्यक्ष सी चिन फिङले जोड दिँदै भन्नुभयो, पानी र हरियो पहाडको मूल्य सुनको पहाड र चाँदीको पहाड हो। राम्रो पारिस्थितिक वातावरण प्राकृतिक धन मात्र नभइ आर्थिक धन हो जुन आर्थिक र सामाजिक विकासको क्षमता र सहनशक्तिसँग सम्बन्धित रहेको छ।

हरियो विकास मोडेलको विकास गतिलाई बढाउने, आर्थिक विकास र पर्यावरण संरक्षणमा जीतको स्थिति बनाउने, पृथ्वीकोलागि अर्थव्यवस्था र वातावरणको संयुक्त रुपमा निर्माण गर्नुपर्ने कुरामा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।

 

राष्ट्राध्यक्ष सीले कोभिड-१९ महामारीबाट विश्वको विकासमाथि नकारात्मक प्रभाव पारेको बताउँदै संयुक्त राष्ट्र संघको सन् २०३० दीगो विकास एजेन्डालाई अघि बढाउन ठूलो चुनौती देखा परेको पनि व्यक्त गर्नुभयो। आर्थिक पुनरूत्थान र वातावरण संरक्षणकालागि विकासोन्मुख मुलुकलाई अझै सहयोग र समर्थन चाहिएको पनि उहाँले बताउनुभयो। राष्ट्राध्यक्ष सीले एकताबद्ध भई कठिनाईलाई जितेर विकास र उपलब्धिबाट राम्रो परिस्थितिलाई अझै न्यायपूर्वक रूपमा विभिन्न मुलुकका जनतासम्म पुर्याएर संयुक्त विकास हुने पृथ्वीको रचना गर्नुपर्ने पनि दोहोर्याउनुभयो।

 

राष्ट्राध्यक्ष सीले भन्नुभयो, हामी चुनौती र आशा मिसिएको युगमा बसेका छौँ। हामी हाम्रो साझा भविष्यका लागि हातमा हात मिलाएर मानव जातिको उच्च गुणस्तरीय विकासको नयाँ बाटोमा लाग्नुपर्छ। यसका लागि प्रथमत पर्यावर्णीय सभ्यताको निर्माणको नेतृत्वमा मानव जाति र प्रकृतिको सम्बन्धलाई समन्वय गर्नुपर्छ। दोस्रो, हरित परिवर्तन भन्ने शक्तिले वैश्वीक दीर्घकालीन विकासलाई प्रवर्द्धन गर्नुपर्छ। तेस्रो, जनतालाई केन्द्रमा राखेर सामाजिक निष्पक्षलाई प्रवर्द्धन गर्नुपर्छ। चौथो, अन्तर्राष्ट्रिय कानूनमा आधारित रहेर एक निष्पक्ष र उचित अन्तर्राष्ट्रिय शासन प्रणालीको संरक्षण गरिनुपर्छ।

 

राष्ट्राध्यक्ष सीङले चीनको पारिस्थितिक सभ्यता निर्माणले उल्लेखनीय नतिजा हासिल गरेको पनि उल्लेख गर्नुभयो। केही समय पहिले युन्नान प्रान्तमा हात्तीको यात्राले चीनको जङ्गली जनावरहरुको संरक्षणको उपलब्धिहरु देखाएको पनि उहाँले बताउनुभयो।

चीनले पारिस्थितिक सभ्यताको निर्माणलाई बढाउनुका साथै नविनता, समन्वय, हरियाली, खुलापन र साझेदारीको नयाँ विकास अवधारणाको कार्यान्वयन र एक सुन्दर चीनको निर्माणलाई जारी राख्ने पनि राष्ट्राध्यक्ष सीले बताउनुभयो।

 

राष्ट्राध्यक्ष सीले जैविक विविधताको संरक्षण बढाउनका लागि चीनले राष्ट्रिय पार्क आधारित प्राकृतिक संरक्षण क्षेत्र प्रणालीको रचनालाई तीव्रता दिएको र क्रमशः सबैभन्दा महत्वपूर्ण परिस्थिति, सबैभन्दा विशेष प्राकृतिक दृश्य, सबैभन्दा पर्याप्त जैविक विविधता रहेको क्षेत्रलाई राष्ट्रिय पार्क प्रणालीमा राख्ने जानकारी पनि दिनुभयो।

चीनले तीन नदी स्रोत, पाण्डालगायत पहिलो खेपको राष्ट्रिय पार्कको औपचारिक रूपमा स्थापना गरेको छ। यसको संरक्षण क्षेत्रफल २.३ लाख वर्ग किलोमिटर पुगेको छ भने यहाँ चीनभरि पाइने राष्ट्रिय मुख्य संरक्षित जङ्गली जनावर र वनस्पतिको ३० प्रतिशत समावेश छन्। साथै पैचिङ, क्वाङचौलगायत राष्ट्रिय वनस्पति बगैँचा प्रणालीको रचना पनि गरिने राष्ट्राध्यक्ष सीले बताउनुभयो।

 

राष्ट्राध्यक्ष सीका अनुसार चरम कार्बन डाइअक्साइड उत्सर्जन तथा कार्बन तटस्थताको लक्ष्यलाई साकार तुल्याउनका लागि चीनले क्रमशःमहत्वपूर्ण क्षेत्र तथा उद्योगको चरम कार्बन उत्सर्जन सम्बन्धी कदम र श्रृँखलाबद्ध प्रत्याभूति कदम सार्वजनिक गर्ने छ। उद्योगिक बनौट र ऊर्जा संरचना समायोजनलाई प्रवर्द्धन गर्दै चीनले शक्तिशाली रुपमा पुनःयोग्य स्रोतको विकास गर्दै जाने छ।