संयुक्त राष्ट्र संघको दोस्रो वैश्विक दीगो यातायात सभाको उद्घाटन समारोहलाई चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सम्बोधन #चिनियाँराष्ट्राध्यक्ष
2021-10-15 09:52:38CRI
Share with:

संयुक्त राष्ट्र संघको दोस्रो वैश्विक दीगो यातायात सभाको उद्घाटन समारोहलाई चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सम्बोधन #चिनियाँराष्ट्राध्यक्ष_fororder_QQ截图20211015093417

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १४ तारिख भिडियो मार्फत संयुक्त राष्ट्र संघको दोस्रो वैश्विक दीगो यातायात सभाको उद्घाटन समारोहमा सहभागी हुँदै सम्बोधन पनि गर्नुभएको छ। 

राष्ट्राध्यक्ष सी चिनफिङले यातायातले आर्थिक तथा मानव आदान-प्रदानलाई बढाएर विश्वलाई घनिष्ठ पार्दै विश्व गाउँ बनाएको उल्लेख गर्नुभयो। उहाँले हाल सय वर्षमा नदेखिएको विश्व स्थिति तथा महामारीले विश्वको आर्थिक विकास र जनजीवनको सुधारमाथि भयंकर चुनौती थपिएको भन्दै विकासको प्रवृत्तिसँग अनुकूल रही विश्व यातायात सहयोगलाई बढाएर पूर्वाधार इन्टर्कनेक्शन, व्यापार तथा लगानीलाई सुचारू बनाउने र सभ्यता मिश्रण बढाउने नयाँ अध्याय लेख्नुपर्ने बताउनुभयो।

त्यसबारे राष्ट्राध्यक्ष सी चिनफिङले निम्न पाँच प्रस्ताव पनि प्रस्तुत गर्नुभएको छ। एक, खुला तथा आदान-प्रदान बढाउनुका साथै इन्टर्कनेक्शन बढाउने। दुई, संयुक्त विकासमा अडिग रही न्यायपूर्वक तथा साझा फाइदा पुर्याउने। तीन, नवीन सिर्जनामा अडिग रही विकास क्षमतालाई बढाउने। चार, परिस्थितिलाई प्राथमिकतामा राखेर हरित तथा कम कार्बन विकासलाई व्यवहारमा उतार्ने। पाँच, बहु-पक्षीयवादमा अडिग रही विश्व सुशासनको सुधार गर्ने।

राष्ट्राध्यक्ष सी चिनफिङले नयाँ चीन स्थापना भएयता चीन यातायात क्षेत्रको दृष्टिकोणमा ठूलो मुलुकको रूपमा निर्माण भएको छ साथै हाल यातायातको क्षेत्रमा बलियो मुलुकको निर्माणलाई तीव्रता दिइरहेको पनि औँल्याउनुभयो। राष्ट्राध्यक्ष सीका अनुसार, चीन इन्टर्कनेक्शनमा अडिग रहेर विश्वमा समुद्री कनेक्टिविटीको स्तरमा उच्चतम तहमा र मालसामान व्यापारिक मात्रामा शीर्ष ठूलो आर्थिक समूह बनिसकेको छ। महामारी अवधिमा चीन-युरोप रेल र समुद्री मालवाहक जहाजको व्यस्तताले विश्वको उद्योग श्रृंखला तथा आपूर्ति श्रृंखलाको स्थिरतालाई निश्चित गरेबाट चीनको जिम्मेवार मनोवृत्ति देखिएको पनि सी चिनफिङले औँल्याउनुभयो।

राष्ट्राध्यक्ष सीले चीनले बहु-पक्षीयवादको झण्डा लिएर विश्वसँग आदान-प्रदान गरी आफ्नो विकास गर्नुका साथै विश्वको विकासमा अरू योगदान गर्ने पनि दोहोर्याउनुभयो। चीनले वेल्ट एन्ड रोडको संयुक्त रचनालाई बढाएर विभिन्न मुलुकको पूर्वाधार इन्टर्कनेक्शन र हरित सिल्क रोड तथा डिजिटल सिल्क रोडको निर्माण गर्ने पनि व्यक्त गर्नुभयो।

राष्ट्राध्यक्ष सी चिनफिङले चीनले चीनको अन्तर्राष्ट्रिय दीगो यातायात नवीन सिर्जना र ज्ञान केन्द्रको स्थापना गरी विश्व यातायात विकासलाई योगदान गर्ने घोषणा समेत गर्नुभएको छ।