सैन्य बल देखाउने अमेरिकाबाट विश्वलाई चिन्ता
2021-10-21 20:34:45CRI
Share with:

हालै केही उच्च अमेरिकी अधिकारीले तथाकथित चीनको धम्की धारणा पुनःप्रचार गरेका छन्। अमेरिकी रक्षामन्त्री लोइट ओस्टिनले विकसित सैन्य क्षमता र हतियार प्रणालीको विकास गरी क्षेत्रीय तनावपूर्ण स्थितिलाई बढाएको उल्लेख गरेका छन्। अमेरिकी निश्शस्त्रीकरण दूतले चीन र रूसले हतियारको प्रतिष्पर्धालाई तीव्र पारेर बदनाम गरेका छन्। सैन्य बल प्रेमी सुपर ठूलो मुलुकको रूपमा मानिएको अमेरिकाले आफ्नो अपराध अरू मुलुकमाथि थुपारेको छ जसबाट अमेरिकाले सेना विस्तार र अमेरिकी प्रभूत्वलाई अरू बढाउने लक्ष्य देखिएको छ।

सैन्य बल देखाउने अमेरिकाबाट विश्वलाई चिन्ता_fororder_1

एक महिनाअघि अमेरिकी प्रतिनिधि सभाले सन् २०२२ आर्थिक वर्षको राष्ट्रिय रक्षा प्राधिकरण अधिनियम पारित गरी नयाँ आर्थिक वर्षमा पेन्टागनलाई ७.७ खर्ब अमेरिकी डलरको बजेट प्रदान गरेको छ भने व्हाइटहाउसले प्रस्तुत गरेको बजेटभन्दा २५ अर्ब अमेरिकी डलर बढि छ। उक्त बजेटमध्ये २८ अर्ब अमेरिकी डलर ऊर्जा मन्त्रालयमातहत आणविक हतियार कार्यक्रमलाई दिइने हो। सबैलाई थाहा छ, अमेरिकासँग विश्वको शीर्ष ठूलो र विकसित आणविक हतियार गोदाम छ तर हाल फेरि ठूलो रकम लगाएबाट विश्वलाई थप चिन्ता लागेको छ।

सैन्य बल देखाउने अमेरिकाबाट विश्वलाई चिन्ता_fororder_2

साथै अमेरिकाले विभिन्न नयाँ सैन्य उपाय पनि प्रयोग गरेको छ। तीमध्ये सबभन्दा ध्यानाकर्षण भएको अमेरिका, बेलायत, अस्ट्रेलियाको त्रिपक्षीय सुरक्षा साझेदारी सम्बन्ध अर्थात एयूकेयूएस रचना गरी आणविक पनडुब्बी प्रविधि शेयर तथा निर्माण सम्झौतामा हस्ताक्षर गरेका छन्। यदि उक्त सम्झौता जबरजस्ती रूपमा अघि सारेमा पान्डोरा बक्स खोले जस्तो एशिया तथा प्रशान्त क्षेत्रको रणनीतिक सन्तुलन बिग्रनेछ भने उक्त क्षेत्रसमक्ष शीत युद्ध, हतियार प्रतिष्पर्धा, आणविक प्रसारलगायत विभिन्न जोखिम थपिनेछ। उत्तर-पूर्वी एशियादेखि दक्षिण-पूर्वी एशियासम्म लगभग सबै मुलुकलाई एयूकेयूएसको चिन्ता लागेको छ। मलेशियाका प्रधानमन्त्री इसमेल साब्रीको विचारमा एयूकेयूएस एशिया तथा प्रशान्त क्षेत्रमा हतियार प्रतिष्पर्धाको उत्प्रेरक हुनेछ जसबाट अरू विभिन्न मुलुकको अरू अधिक कट्टरपन्थी कार्यलाई प्रोत्साहण गर्नेछ। अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले १९ तारिख बोल्दै एक विशेष टोली खटाएर अमेरिका, बेलायत, अस्ट्रेलियाको आणविक पनडुब्बी सहयोगबाट ल्याइने सुरक्षा र कानूनी प्रभावबारे जाँचबुझ गरेको जानकारी दिनुभएको छ।