चीनद्वारा हुम्लाका जनतालाई खाद्यान्‍न सहयोग
2021-10-22 16:36:05cri
Share with:

नेपालको हुम्ला जिल्लाका जनतालाई चीनले खाद्यान्‍न सहयोग गरेको छ। चिनियाँ राजदूतावासका अनुसार चिनियाँ परराष्ट्र मन्त्रालय र तिब्बतका स्थानीय अधिकारीहरूबाट हुम्ला सीमाना क्षेत्रका जनतालाई स्वास्थ्य सामग्री, खाद्यान्न र दैनिक आवश्यक पर्ने वस्तुहरु अनुदान सहयोग गरेको हो।

नेपालकालागि चीनका राजदूत होउ यान्छीले उक्त सहयोगलाई दुई मुलुकबीचको सीमा सहकार्यको संज्ञा दिनुभएको छ। उहाँले ट्वीट गर्दै कोरोना भाइरसविरुद्ध संयुक्त रुपमा लड्न चीन नेपालको लागि सीमा सहकार्य महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्नुभएको छ।