#समाचार सन्दर्भ# हरित विकास योजनाका लागि चीनको व्यवहार
2021-10-22 15:20:08CRI
Share with:

#समाचार सन्दर्भ# हरित विकास योजनाका लागि चीनको व्यवहार_fororder_黄河1

केही समययता नेपाल र भारतलगायत दक्षिण एशियाली देशहरूमा भारी वर्षाका कारण नदीको सतह बढेको छ। यसको प्रकोपबाट धेरै मानिसको मृत्यु हुनुका साथै विभिन्न क्षेत्रहरूमा जनधनको क्षति भइरहेका छन्।

वास्तवमा चीनले हरेक वर्ष सामना गर्नुपर्ने प्राकृतिक प्रकोपहरूमध्ये बाढी पनि एक हो। नदीहरूलाई शान्त बनाउनका लागि चिनियाँ नेतागण र सरकारले नदी तथा तालको व्यवस्थापनलाई उच्च महत्त्व दिँदैआएको छ।

अक्टोबर २० तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीनको शानतोङ प्रान्तको तोङयिन सहरमा समुद्रमा जोडिने पीतनदी स्थल क्षेत्रको निरीक्षण गर्नुभएको छ। उहाँले पीतनदीको व्यवस्था र पीतनदीको डेल्टामा सिमसार भूमिको पर्यावरणीय वातावरणको निरीक्षण गर्नुका साथै पीत नदी बेसिनको पर्यावरणीय वातावरणको संरक्षण र उच्च गुणस्तरिय विकासको अवस्थाबारे जानकारी लिनुभएको छ।

किन चीनका सर्वोच्च नेताले आफ्नो शानतोङ भ्रमणमा पीतनदी बेसिनलाई पहिलो भ्रमण क्षेत्र बनाउनुभएको छ?

#समाचार सन्दर्भ# हरित विकास योजनाका लागि चीनको व्यवहार_fororder_黄河2

उत्तरी चीनमा अवस्थित पीतनदीको कुल लम्बाइ लगभग ५,४६४ किलोमिटर छ। यो नदी छिङहाइ, सछ्वान, कान्सु, निङ्स्या, भित्री मङ्गोलिया, वल्लो शान्सी, पल्लो शान्सी, हनान र शानतोङ लगायत ९ प्रान्तहरू भएर बग्छ। चीनका लागि पीतनदी नेपालका लागि कर्णाली, कोशी तथा गण्डकीजस्तै हो। पीतनदी चिनियाँ सभ्यताको सबैभन्दा महत्त्वपूर्ण जन्मस्थान हो। त्यसैले चिनियाँहरूले यसलाई "मात्रृ नदी" पनि भन्छन्। तर पीतनदी विश्वमा माटो तथा बालुवा सबैभन्दा धेरै भएको नदी हो र यसको व्यवस्थापन गर्न निकै गाह्रो छ र पानीद्वारा गम्भीर क्षति पुर्याउने नदीहरू मध्येको एक पनि हो।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको १८औँ महाधिवेशनयता, पर्यावरणीय सभ्यताको निर्माणमा ठूलो महत्व दिँदै मातृ नदी बग्ने क्षेत्रका जनताको माया ममता लिएर चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले यो नदी बग्ने ९ वटा प्रान्त तथा क्षेत्रहरू पुग्नुभएको छ। सन् २०१९ को अगष्टदेखि २०२०को जुनसम्मको एक वर्षमा उहाँले पीतनदीको ४ पटक निरीक्षण पनि गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीद्वारा पीतनदी डेल्टाको निरीक्षण गर्नु केही दिनअघि चीन सरकारले ‘पीतनदी बग्ने क्षेत्रको पर्यावरणीय संरक्षण तथा उच्च गुणस्तरीय विकास योजना कार्यक्रम’ सार्वजनिक गरेको छ जसबाट वर्तमान तथा भावी केही समयको लागि यस क्षेत्रको पर्यावरणीय संरक्षण तथा उच्च गुणस्तरीय विकासको निर्देशन दिइएको छ। यो नै चीनमा पैचिङ-थेनचिन-हपै संयुक्त विकास, याङसी नदी आर्थिक पेटीको विकास, क्वाङतुङ-हङकङ-मकाउ खाडी क्षेत्रको निर्माण तथा याङसी नदी डेल्टा एकीकृत विकास लागू भएपछि साएवजनिक गरिएको अर्को राष्ट्रिय रणनीति हो।

#समाचार सन्दर्भ# हरित विकास योजनाका लागि चीनको व्यवहार_fororder_黄河3

वास्वतमा पीतनदी क्षेत्रको संरक्षण तथा विकासमा महत्व दिनु चीनमा पर्यावरणीय सभ्यता निर्माणको एक भाग हो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको १९औँ महाधिवेशन प्रतिवेदनमा यसरी लेखिएको छ, ‘मानव तथा प्रकृतिबीच प्राणको संयुक्त भविष्य भएकोले मानवजातिले प्रकृतिको सम्मान गर्दै प्रकृतिको नियम पालना गरी प्रकृतिको संरक्षण गर्नुपर्छ।’ चीनले अंगालिरहेको पर्यावरणीय संरक्षण तथा उच्च गुणस्तरीय विकासले जनता, पृथ्वी तथा नवपुस्ताप्रति जिम्मेवारी घारणा लिइरहेको छ। पर्यावरणीय सभ्यताको निर्माण कार्य वर्तमान आधुनिक युगमा गर्ने काम हो तर फाइदा भविष्यमा हुन्छ। यो नै मानवजातिको साझा जिम्मा हो। ‘जैविक विविधता सन्धि’ को १५औँ सदस्य सम्मेलनमा चिनियाँ राष्ट्राध्यक्ष सीले भन्नुभए जस्तै, ‘अन्तर्राष्ट्रिय समाजसँगै मिलेर चीनले पर्यावरणीय सभ्यता विचारको पालना गर्दै पृथ्वीमा सबै प्राणको साझा भविष्यको निर्माण तथा सफा र सुन्दर विश्वको निर्माणको लागि नयाँ र अझ ठूलो योगदान गर्दै जाने छ।’ पर्यावरणीय सभ्यताको संरक्षण तथा निर्माणमा चीन सधैँ नै कार्यकर्ता हो र विश्वका विभिन्न मुलुकसँगै मिलेर हरित र मेलमिलापयुक्त सुन्दर घरबारको संयुक्त निर्माण गर्दै जाने इच्छा चीनले लिएको छ।