राष्ट्राध्यक्ष सी चिनफिङले चीनको नयाँ प्रस्ताव प्रस्तुत
2021-11-05 14:35:50cri
Share with:

राष्ट्राध्यक्ष सी चिनफिङले चीनको नयाँ प्रस्ताव प्रस्तुत_fororder_1128031922_1636029627998_title0h

चौथो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो एवं हुङ छ्याउ अन्तर्राष्ट्रिय आर्थिक मञ्चको उद्घाटन समारोह नोभेम्बर ४ तारिख शाङहाईमा आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले भिडियोमार्फत उद्घाटन समारोहलाई “खुलापनको वसन्त ऋतुको हावाबाट विश्वलाई न्यानो पारौं” शीर्षकमा मुख्य सम्बोधन गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले चीनको नयाँ प्रस्ताव प्रस्तुत_fororder_001

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले खुलापन नै वर्तमान चीनको स्पष्ट चिन्ह भएको बताउँदै सान्दर्भिक अनुसन्धानबाट विगत १० वर्षमा "विश्व खुला सूचकांक" घट्दै गएको र खुलापनमा विश्वव्यापी सहमति कमजोर भएकोमा चिन्ता व्यक्त गर्नुभयो।

आफ्नो सम्बोधनमा उहाँले भन्नुभयो: "हामीले विश्वका विभिन्न देशहरूलाई खुलापनको विस्तार गर्न, एकपक्षीयता र संरक्षणवादको विरोध गर्न र मानवजातिलाई राम्रो भविष्य उन्मुख बनाउन समर्थन गर्नुपर्छ। ”

राष्ट्राध्यक्ष सी चिनफिङले चीनको नयाँ प्रस्ताव प्रस्तुत_fororder_002

उच्चस्तरीय खुलापनको विस्तार गर्ने चीनको अठोट परिवर्तन नहुने बताउँदै राष्ट्राध्यक्ष सीले आर्थिक विश्वव्यापीकरणलाई अझ खुलस्त, सहिष्णु, साझा हित, कल्याणयुक्त, र सन्तुलित तथा साझा जीतको दिशातर्फ विकसित बनाउने अठोट पनि परिवर्तन नहुने कुरामा जोड दिनुभएको छ।