चीन र अमेरिकाका नेता बीचको भिडियो वार्तामा सी चिनफिङको भनाइ
2021-11-16 17:31:53CRI
Share with:

चीन र अमेरिकाका नेता बीचको भिडियो वार्तामा सी चिनफिङको भनाइ_fororder_CNUSA1116-1

पैचिङ समय अनुसार नोभेम्बर १६ तारिख विहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले र अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भिडियो वार्ता गर्नुभयो। उहाँहरूले चीन र अमेरिकाको सम्बन्धमा केन्द्रित रणनीतिक, चौतर्फी तथा मूल विषय र साझा अधिरूचि मामिलाबारे वैचारिक आदान-प्रदान गर्नुभएको छ। भिडियो वार्ताको क्रममा दुवै देशका नेताले चीन अमेरिका सम्बन्ध र साझा चासोका विषयहरूबारे वैचारिक आदान प्रदान गरेका छन्।

वार्ताको क्रममा राष्ट्राध्यक्ष सीले हाल चीन अमेरिका दुई देशको विकास महत्वपूर्ण चरणमा रहेको भन्दै मानवजातिको पृथ्वी गाउँ सामु अधिकांश चुनौती देखा परेको पनि औंल्याउनुभएको छ। विश्वका दुई अघिल्ला आर्थिक समुदाय र संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्का स्थायी सदस्यको हैसियतमा चीन र अमेरिकाले आपसी आदान प्रदान र सहकार्यलाई सबल पार्नुका साथै सँगै मिलेर मानवजातिको शान्ति र विकासको महाकार्यलाई अघि बढाउँदै जाने पनि उहाँले औंल्याउनुभएको छ।

वार्तामा राष्ट्राध्यक्ष सीले भन्नुभयो, आगामी ५० वर्ष अन्तर्राष्ट्रिय सम्बन्धमा सबैभन्दा महत्वपूर्ण कुरा चीन र अमेरिकाले उचित सहअस्तित्व तरिका खोज्नुपर्छ। राष्ट्रपति बाइडेनसँग राजनीतिक नेतृत्व गरेर चीनका लागि अमेरिकाको नीति तर्कसंगत र व्यावहारिक लीगमा पूर्याउने आशा पनि उहाँले व्यक्त गर्नुभएको छ। चीन र अमेरिकाको सम्बन्धको विकासमा अनुभवको समीक्षा गर्दै नयाँ कालमा दुई देशले आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र सहयोग तथा साझा विजय तीन सिद्धान्तको पालना गर्नुपर्छ।

चीन र अमेरिकाका नेता बीचको भिडियो वार्तामा सी चिनफिङको भनाइ_fororder_CNUSA1116-2

राष्ट्राध्यक्ष सीले चीनको विकास मार्ग र रणनीतिक उद्देश्यको बारेमा चर्चा गर्नुभयो। उहाँका अनुसार, नयाँ चीन स्थापनादेखि सक्रिय रूपमा कुनै युद्ध वा भिडन्त सुरू गरेको थिएन, अरू देशको कुनै भूभागको कब्जा गरेको थिएन। चीनले विश्वव्यापी रूपमा आफ्नो मार्ग बेच्ने योजना बनाएको छैन। यसका विपरीत चीनले विभिन्न देशलाई आफ्नो अवस्थासँग अनुकूल विकास मार्ग खोज्न प्रोत्साहन गरेको छ।

थाइवान मामिलामा चीनको सिद्धान्त तथा अडानबारे सीले व्याख्या गर्नुभयो। शान्तिपूर्ण एकताका लागि चीनले धैर्यवान रूपमा सबैभन्दा ठूलो सदिच्छा दिनुका साथै सबैभन्दा बढी प्रयास गर्ने इच्छा राखेको छ। तर यदि थाइवान पृथकवादी शक्तिले उत्तेजक गरे वा रातो रेखा तोडेमा चीनले आवश्यक रूपमा निर्णायक कदम चाल्नेछ।

चीन र अमेरिकाका नेता बीचको भिडियो वार्तामा सी चिनफिङको भनाइ_fororder_CNUSA1116-3

सीका अनुसार, सभ्यता विविध हुनुका साथै प्रजातान्त्रण पनि विविध छ। प्रजातान्त्रण अनुकूलित उत्पादन होइन। चीनलेआपसी सम्मानको आधारमा मानव अधिकारबारे कुराकानी गर्ने इच्छा लिएको छ। तर मानव अधिकारको प्रयोग गरी अरू देशको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्न चीनले अस्वीकार गरेको छ।

चीन र अमेरिका दुवैले एकले अर्काको सम्मान गर्नुका साथै शान्तिपूर्वक व्यवहार गरी सहकार्यमार्फत साझा जित हुने लक्ष्यलाई साकार तुल्याउनुपर्ने कुरामा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।

उक्त भिडियो वार्तालाई पहिलो भाग र दोस्रो भागमा विभाजन गरिएको थियो।