चीन-अफ्रिका सहयोग मञ्चको आठौँ मन्त्री स्तरीय बैठकको उद्घाटन समारोहमा सी चिनफिङ उपस्थित हुने #चिनियाँराष्ट्राध्यक्ष
2021-11-26 10:50:17CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर २९ तारिख पैचिङबाट भिडियोमार्फत चीन-अफ्रिका सहयोग मञ्चको आठौँ मन्त्री स्तरीय बैठकको उद्घाटन समारोहमा उपस्थित भइ मुख्य विषयमा सम्बोधन गर्नुहुने भएको छ।

चीन-अफ्रिका सहयोग मञ्च सन् २००० मा चीन र अफ्रिका दुवै पक्षको संयुक्त प्रस्तावमा औपचारिक रूपमा स्थापना भएको थियो। २० वर्षभन्दा लामो समयसम्मको विकासपछि उक्त मञ्च चीन र अफ्रिकाले सामूहिक संवाद गर्ने महत्वपूर्ण मञ्च र व्यावहारिक सहयोग गर्ने प्रभावकारी प्रणाली बनेको छ।

हाल मञ्चमा चीन, चीनसँग दौत्य सम्बन्ध स्थापित ५३ वटा अफ्रिका मुलुक, अफ्रिकी संघको समितिलगायत ५५ वटा सदस्य छन्।