१३औं एशिया-युरोपेली नेतास्तरीय वार्ता सम्पन्न
2021-11-27 18:30:25cri
Share with:

कम्बोडियाद्वारा आयोजित १३औं एशिया-युरोपेली नेतास्तरीय वार्ता नोभेम्बर २६ तारिख सम्पन्न भएको छ। सो वार्ताले एउटा घोषणा पत्र प्रकाशित गर्दै बहुपक्षीयतावादको आधारमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय चुनौतीको समाधान गर्नुपर्ने, विश्वको आर्थिक पुनरूत्थान बढाउँदै निरन्तररूपमा विकास गर्नुपर्ने जनाएको छ।

उक्त घोषणा पत्रका अनुसार, सो वार्ताको मुख्य विषय“बहुपक्षीयतावादलाई सबल बनाउने, संयुक्तरूपमा विकास गर्ने”भन्ने हो। वार्तामा भाग लिएका नेताहरूले एशिया र युरोपबीचको साझेदारी सम्बन्धलाई महत्व दिनुका साथै विशेष गरी कोभिड-१९ महामारी लगायतका अरू अन्तर्राष्ट्रिय तथा क्षेत्रीय चुनौतीको सामना गर्न पारस्परिक वार्ता र सहकार्य गर्नुपर्ने कुरामा जोड दिएका छन्।

सन् १९९६को मार्चमा पहिलो एशिया-युरोपेली नेतास्तरीय वार्ता थाइल्याण्डको राजधानी बैंककमा आयोजित भएको थियो। यो सँगै एशिया-युरोपेली नेतास्तरीय वार्ता औपचारिक रूपमा स्थापित भएको थियो।