चीनको राज्य परिषदका सदस्य एवम परराष्ट्र मन्त्री वाङ यीले हिजो नोभेम्बर २६ तारिख भिडियोमार्फत चीन, रूस र भारत तीन मुलुकको १८औं विदेश मन्त्रीबीचको वार्तामा सहभागिता जनाउनुभएको छ।
सो वार्तामा परराष्ट्र वाङ यीले चीन, रूस र भारतले विश्वको शान्तिपूर्ण, स्थिरता र विकासको क्षेत्रमा संयुक्त हितकल्याणबाट आएको समान अडान लिइरहेको बताउँदै यी तीन मुलुकले ठूलो जिम्मेवारी वहन गर्दै महत्वपूर्ण उद्देश्य प्राप्त गर्नुपर्ने कुरा बताउनुभयो।
रूस र भारतका परराष्ट्र मन्त्री लाभारोभ तथा जयशंकरले हालको परिस्थितिमा तीन मुलुकले संयुक्तरूपमा सहकार्यको शक्ति बलियो बनाउनुपर्ने, महामारी, जलवायु परिवर्तन र आतंकवादसमेतका विश्वका विभिन्न चुनौतीको समाधान गर्नुपर्ने कुरा व्यक्त गर्नुभयो।
सो वार्ता पछि तीन मुलुकले एउटा संयुक्त घोषणा पत्र जारी गरेका छन्।