“सिन्च्याङ एउटा रमणीय ठाउँ हो” भन्ने भिडियो आदानप्रदान सम्मेलन उरूमुछिमा आयोजित #चीनकोसिन्च्याङ
2021-11-28 17:24:38cri
Share with:

“सिन्च्याङ एउटा रमणीय ठाउँ हो” भन्ने भिडियो आदानप्रदान सम्मेलन उरूमुछिमा आयोजित #चीनकोसिन्च्याङ_fororder_xinjiang1

“सिन्च्याङ एउटा रमणीय ठाउँ हो” भन्ने चीनमा रहेका वैदेशिक उद्योग-वाणिज्य क्षेत्रका प्रतिनिधि लक्षित भिडियो आदान प्रदान सम्मेलन नोभेम्बर २६ तारिख दिउँसो उरूमुछिमा आयोजना गरिएको छ। त्यस भिडियो आदान प्रदान सम्मेलन चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत वैदेशिक सम्पर्क विभाग र सिन्च्याङ युगुर स्वायत्त प्रदेश जनसरकारले संयुक्त रूपमा आयोजना गरेका हुन्। सिन्च्याङका सम्बद्ध पदाधिकारीले भिडियोमार्फत चीनमा रहेका वैदेशिक उद्योग-वाणिज्य क्षेत्रका प्रतिनिधिहरुसित सिन्च्याङको आर्थिक र सामाजिक विकासको वास्तविक अवस्थाबारे आदान प्रदान र छलफल गरेका छन्।

“सिन्च्याङ एउटा रमणीय ठाउँ हो” भन्ने भिडियो आदानप्रदान सम्मेलन उरूमुछिमा आयोजित #चीनकोसिन्च्याङ_fororder_xinjiang2

सिन्च्याङ युगुर स्वायत्त प्रदेश पार्टी समितिका स्थायी सदस्य एवम् अखिल स्वायत्त प्रदेशको उद्योग संघका अध्यक्ष इल्जाट अहम्यट्ज्यानले सिन्च्याङको आर्थिक बृद्धि, वैदेशिक खुलापन र सामाजिक तथा जन जीवनको सुधार आदि विषयबारे जानकारी दिनुभएको छ।

उक्त सम्मेलनमा सिन्च्याङ युगुर स्वायत्त प्रदेशका सम्बद्ध जिम्मेवार व्यक्तिले चीनमा रहेका विभिन्न देशका उद्योग-वाणिज्य क्षेत्रका प्रतिनिधिद्वारा सोधिएका प्रश्नको जवाफ दिनुभयो। साथै उहाँले सिन्च्याङको आर्थिक विकास, वैदेशिक खुलापन, पर्यावरणीय संरक्षण, विद्युत वाणिज्यको भावी विकास र बेल्ट एण्ड रोडको उच्च गुणस्तरीय विकासलाई अघि बढाउने आदि विषयबारे पनि जानकारी दिनुभएको छ।