अमेरिकास्थित चीन र रूसका राजदूतद्वारा अमेरिकी तथाकथित “प्रजातन्त्र शिखर सम्मेलन”को विरोध
2021-11-28 19:21:27cri
Share with:

नोभेम्बर २७ तारिख अमेरिकाका लागि चिनियाँ राजदूत छिन काङ र रूसका राजदूत ए.एन्टोनोवले अमेरिकाको तथाकथित प्रजातान्त्रिक शिखर सम्मेलनको विरोधमा एउटा संयुक्त लेख सार्वजनिक गर्नुभयो।

उहाँहरूले अमेरिकाको तथाकथित प्रजातान्त्रिक शिखर सम्मेलन शीत युद्धको विचारधारामा आयोजित भएको कुरा व्यक्त गर्नुका साथै चीन र रूसले दृढताका साथ सम्मेलनलाई प्रतिरोध गर्ने अडान लिनुभयो।

उहाँहरूको लेखले विभिन्न मुलुकले पारस्परिक सम्मान गर्नुपर्ने, सहकार्यमार्फत साझा विजय प्राप्त हुने उद्देश्य अपनाउनुपर्ने, विविध सामाजिक व्यवस्था र विचारधारा, फरक संस्कृति र इतिहास, विभिन्न मुलुकहरूबीचको सहअस्तित्वलाई अघि बढाउन प्रयास गर्नुपर्ने विषयमा जोड दिइएको छ।