राष्ट्राध्यक्ष सी चिनफिङद्वारा चीन-अफ्रिका सम्बन्धको ब्याख्या #चिनियाँराष्ट्राध्यक्ष
2021-11-28 17:25:25cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर २९ तारिख पैचिङमा भिडियो तरिकामार्फत चीन-अफ्रिका सहकार्य मञ्चको आठौं मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुँदै मुख्य विषयक सम्बोधन पनि गर्नुहुने कार्यक्रम रहेको छ।

अफ्रिकी मुलुकसँगको एकता र सहकार्यको विकास नै चीनको वैदेशिक नीतिको महत्वपूर्ण कोसेढुङ्गा हुनुका साथै लामो समययता चीनको अडिग रणनीतिक छनौट पनि हो। राष्ट्राध्यक्ष सी चिनफिङले के भन्नुभयो, ‘चीन-अफ्रिका सम्बन्धको विकास एक दिनमा मात्र सम्पन्न भएको होइन, कोहीले दिएको पनि होइन। बरू त्यो सम्बन्ध हामी दुवै पक्षले हुरी र बाढीको बावजुद एउटै पानी जहाजमा चढेर सँगै मिलेर कठिनाई मेटाएर दृढताका साथ स्थापना गरेका हौं।’

नयाँ युगमा प्रवेश भएपछि राष्ट्राध्यक्ष सी चिनफिङले विविध स्थानमा धेरै पटक गरी चीन-अफ्रिका बीचको भाइचारा भावनाको ब्याख्या गर्नुका साथै चीन-अफ्रिका बीचको वास्तविक सहकार्यलाई जोडतोडसँग अघि बढाउँदै जान आह्वान गर्नुभएको छ।